जन भेटघाटमा व्यस्त अध्यक्ष सुनार


बाँके । बाँकेको खजुरा गाउँपालिका ४ का वडाध्यक्ष तिलकवीर सुनार अहिले जनताको घरदैलोमा व्यस्त देखिन्छ । पाँच बर्षे कार्यकालमा आफुले गरेका काम, जनता संग भेटघाट, विचार विमर्श, सल्लाह, सुझाव, स्थानीय सरकारले गरेका विकास निर्माणका काम बारेमा जनता संग छलफल तथा घरदैलोमा व्यस्त देखिएका हुन् ।

स्थानीयले ई गाउँ स्कुल चोक देखि एफ गाउँ हुदै हवल्दारपुर जोड्ने बाटो छिट्टै स्तरोउन्नती गरी कालोपत्रे होस् भनी माग राखेका दिए । अध्यक्ष सुनारले उक्त सडकको कालोपत्रे गरिने समेत उद्धघोष गरे ।

स्थानीय जनताले फेरी पनि वडाध्यक्ष सुनारलाई दोह्याउने समेत बताए । अहिलेको पाँच बर्षे कार्यकालमा राम्रो काम गरेको र अर्काे कार्यकालमा पनि सुनारलाई अध्यक्षमा दोहराउनुपर्ने बताए ।

उक्त छलफल कार्यक्रममा सहभागी युवा नेता हेमराज शर्मा ,महिला समाजसेवी लिला सुनार ,युवा नेता तरुण क्षेत्री ,युवा नेता अनिल तिरुवा, समाजसेवी वीरबहादुर बि सि र वसन्ती सुनार लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया