
बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकामा एक लघुविद्युत तीन हप्तादेखि अवरुद्ध भएको छ । वडा नंं. ३ मा संञ्चालित गाग्राखोला लद्युविद्युत आयोजना गत साता परेको हिमपातका कारण मेनलाईनका पोलहरु भाँचिएपछि तीन हप्तादेखि अवरुद्ध भएको हो ।
विद्युत अवरुद्ध भएपछि वडा नं. २ र ३ का वडा कार्यालय, गाउँपालिकाको कार्यालय, विद्यालय लगायत यहाँका करिब १५ घरपरिवार विद्युतिय सेवाबाट वञ्चित भएको बारेकोट गाउँपालिका २ का स्थानीय प्रेमवहादुर नेपालीले बताए । उनका अनुसार ‘मेनलाईका फलामका पोलहरु र साएका लाईनका काठे पोलहरु गरि करिब एक दर्जन भन्दा बढि पोलहरु भाँचिएका छन् ।’
विद्युत तीन हप्तादेखि अवरुद्ध हुँदा विद्यार्थीलाई पढ्न लेख्न, रेडियो सुन्न, टेलिभिजन हेर्न र विद्युतिय कामहरु गर्न निकै समस्या भएको बारेकोट गाउँपालिका २ का स्थानीय रामबहादुर नेपालीले बताए ।
यता बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले अबको केही समय भित्र नै विद्युत पुनः सुचारु गर्नका लागि गाउँपालिकाले विद्युत प्राविधिकहरुलाई भाँचिएका पोलहरुको मर्मत गर्न आग्रह गरेको बताए । उनले भने ‘आवश्यक रकम विद्युत मर्मत कार्य सम्पन्न भएपछि पालिकाबाट भुक्तानी हुने छ ।’
















































। ३ फाल्गुन २०७८, मंगलवार