मुगुमा ६ हजार बालवालिकाले दादुरा रुवेला खोप लगाईदै 

खड्क सुनार  मुगु ।  मुगुमा दादुरा– रुबेला बिरुद्ध खोप कार्यक्रम संचालन चैत २ गते बाट सञ्चालन हुने भएको छ । शुक्रवार स्वास्थ्य सेवा कार्यालय मुगुद्धारा दादुरा–रुबेला खोप अभियान २०७६ अन्तरगत आयोजित जिल्ला स्तरिय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको हो ।सरकारले दादुरा–रुबेला रोग निवारण गर्ने उद्देश्यले खोप कार्यक्रम देशैभर सञ्चालन गर्दैछ ।

सोही अन्तरगत मुगुमा दोस्रो चरणको खोप कार्यक्रम आगामी चैत्रमा सञ्चालन हुने भएको छ । नौ महिनादेखि ५९ महिनासम्मका पाँच वर्ष मुनिका सबै बालबालिकालाई लगाइने खोप कार्यक्रम मुगुमा दुई चरणमा गरि खोप लगाउने स्वास्थ्य सेवा कार्यालय मुगु जनाएको छ ।

यस्तै आगामी चैत्र ७ गते देखि पहिलो चरणमा जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउपालिका खत्याड गाउपालिका र खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय मगुका डाक्टर निर्मल नगरकोटीले बताए ।

उहाँका अनुसार दोस्रो चरणमा चैत्र २९ गते देखि जिल्लाको मुगुमकार्मारोङ्ग गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुनेछ । यस पटक ९५ प्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको डा . नगरकोटीले बताउनु भयो ।

उहाँका अनुसार मुगुमा ६ हजार जना बालवालिका लाई खोप प्रदान गर्ने जानकारी दिएका छन् । सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख पुर्ण बहादुर रोकायाले निर्णय मात्र नगरेर कार्यान्यनमा पनि ध्यान दिनु पर्ने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया