जाजरकोटका युवाको भारतमा ‘रहस्यमय’ मृत्यु

भारतमा जाजरकोटका युवाको ‘रहस्यमय’ मृत्यु
जाजरकोट । भारतको हिमाचल प्रदेश अन्तर्गत शिमला जिल्लाको रोरु गाउँमा जाजरकोटका एक युवाको ‘रहस्यमय’ मृत्यु भएको छ । जाजरकोट बारेकोट गाउँपालिका– ६ ताँसीका गोरख विकको रोरुमा मृत्यु भएको हो ।

बारेकोट ताँसीका ३२ वर्षीय युवा विकको ‘रहस्यमय’ मृत्यु भएको परिवारको दाबी छ । शनिबार बेलुका कामबाट फर्किएर खाना खाएर सुतेको मान्छे एक्कासी मृत्यु भएको उनीसँगै काम गर्ने साथीहरुले बताए ।

परिवारका एक सदस्यका अनुसार, मालिकले काम गरेको पैसा पनि नदिएको र केही समय अघि मात्रै विवाद भएको थियो ।

परिवारले यस विषयमा कुनै प्रक्रिया अगाडी बढाएका छैनन । मृतक गोरख विकका तीन छोरी एक छोरा र श्रीमति छन् । कर्णालीखबर

तपाईको प्रतिक्रिया