
एमसीसी मुख्यालयलाई लेखेको पत्रबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले स्पष्टीकरण दिएको छ । पत्रबारे व्यापक टिकाटिप्पणी भएपछि सचिवालयले स्पष्टीकरण दिएको हो ।
स्पष्टीकरणमा प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको दाबी गरिएको छ । पत्रमा एमसीसीका लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आवश्यक पर्ने कुरा उल्लेख गरिएको जिकिर गरिएको छ ।
जनस्तरसम्म बिरोध र दबाबको अवस्था रहेको र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसिसि बारे गठन गरेको कार्यदलले पनि यसलाई “परिमार्जन बिना पारित गर्न नसकिने“ निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था नभएको वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले कुटनैतिक पहल गरेको सचिवालयको भनाई छ । यसलाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ नभएको स्पष्टीकरणमा भनिएको छ ।
















































। २३ माघ २०७८, आईतवार