
सल्यान । फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायमा पहिलो पटक गजल बाचन कार्यक्रम हुन लागेको छ ।
राउटे समुदायलाई गजल सुनाउनको लागि पहिलोपटक सल्यान कला साहित्य परिषद्ले राउटे बस्तीमै गजल वाचन तथा राहत वितरण कार्यक्रमको आयोजना गर्न लागेको हो ।
‘हाम्रो अभियान ,सल्यान कला साहित्यको उत्थान’ भन्ने मुल नारा बोकेको सल्यान कला साहित्य परिषद्को सुर्खेतको सिम्ता गाउँपालिका वाखर्क (सिर्जना बजार) स्थित राउटे बस्तीमा आउँदो माघ २५ गते कार्यक्रमको आयोजना गरेको परिषद्का अध्यक्ष भरत रोकायले बताए ।
कार्यक्रममा गजलकारहरु दैलेखका भरत प्रमोद दहाल, सुर्खेतकी कोकिला सिंह ठकुरी, सल्यानका सुनिल राना ‘बिरही’ र टोप घर्ती ‘अनुरागी’ले गजल बाचन गर्ने तय गरिएको छ ।
राउटे समुदायमा यसरी गरिने गजल बाचन देशकै पहिलो कार्यक्रम रहेको अध्यक्ष रोकायको दाबी छ ।
हालै गरिएको राष्ट्रिय जनगणनामा सल्यान तथा सुर्खेतमा वारपार गर्ने र अहिले सिम्तामा बसिरहेका राउटेको जनसंख्या १ सय ४५ रहेको छ भने ४८ घरधुरी रहेको रहेको छ ।
















































। २२ माघ २०७८, शनिबार