
प्युठानमा बेहुली लिएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्युु भएको छ । दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन् ।
जिल्लाको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप शनिबार बिहान ३ बजेतिर ओखरपाटामा दुर्घटनामा भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार ५ महिला र ३ पुरूष गरि ८ जनाको मृत्यु भएको हो । ६ जनाको घटनास्थलमा र २ जनालाई अस्पतालमा ल्याएपछि मृत घोषणा गरिएको उनले बताए ।
घाइते पाँच जनालाई अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल निकै विकटस्थल भएको हुँदा घाइतेको उद्धार गरि अस्पताल ल्याउन ढिलाई भएको प्रहरीले जनाएको छ ।
गाडीमा सवार बेहुला बेहुलीको अवस्था अझैं खुलेको छैन । रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ ।
















































। २२ माघ २०७८, शनिबार