‘विश्वमै दुर्लभ पशुपंक्षी र वन्यजन्तु बारेकोटमा पाईन्छन्, संरक्षणमा जुटौं’


सरकारी जागिर । सधैं कार्यालयको काम । विदाको समय पशुपंक्षीको खोजीमा जंगलतिर । समय यसरी वितिरहेको छ बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं पशुपंक्षी विज्ञ गोविन्द्रबहादुर सिंहको । बारेकोट भित्रका पशुपंक्षीहरुको खोजी, पर्यटनको प्रर्वद्धन उद्धेश्य बोकेर हातमा क्यामेरा, काँधमा झोलाको सातमा कयौं रात जंगलमा नै वितेका छन् । उनी जति लागेका छन् त्यति स्थानीय सरकारले प्राथमिकता दिएको छैन् । उनै सिंह संग हाम्रो पहुँच डटकमले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ सिंह संग गरिएको कुराकानीको सम्पादित अंश…

स्वाागत छ सर ।
धन्यवाद ।

तपाईको ध्यान कसरी पशुपंक्षी तिर पुग्यो ?
सबैको ध्यान अनेत्र फाइदामुखी काममा गएको, लुकेर बसेका पंक्षी वन्यजन्तु तिर नजाने संरक्षणको सट्टा चोरि शिकार गर्ने घाइते अपांग वन्यजन्तु पंक्षी देखेर यता लागेको हुँ ।

जाजरकोटमा विश्वमा दुर्लभ पशुपंक्षी केके पाईन्छन् ?
जाजरकोटमा विश्वमै दुर्लभ पंक्षी चिरकालिज, सुन गिद्ध, सेतो गिद्ध लोभि पापी गरुड हुन् भने वन्यजन्तुमा हाईना , कस्तुरी ,रेडपाण्डा, कालो ओत नेपालमा नै १९९१ देखि नदेखिएको जाजरकोट बारेकोटमा भएको प्रमाण प्रकाशित छ ।

No photo description available.

संरक्षणमा स्थानीय सरकारहरुको भुमिका कस्तो देख्नुहुन्छ ?
संरक्षणमा स्थानीयको भुमिका सबैभन्दा बढी हुनु पर्ने हो । तर चोरि शिकारी वन अतिक्रमण सार्वजनिक चरन क्षेत्र दोहन हुदाँ पनि पहल नगर्नु संरक्षणको समस्या पनि हो ।

खासै बन्यजन्तु पंक्षी संरक्षण बारे चासो नै नलिने बुझ्दछु । भने बारेकोट गापा केही संरक्षण बारे चासो लिएको छ ।

चोरी सिकारी किन बढिरहेको छ ?

चोरि शिकार राज्यको कानुन भएपनि कार्यान्वयनमा फितलो हुनु । कडा सजाय नहुनु अबैध हतियार नियन्त्रण नगर्नु, राजनीति दल द्वारा अपराधीलाई छुटाउनु धरौटिमा रिहा गर्नु, चोरि शिकारीको वैकल्पिक पेशा नगर्नु, जनचेतना कमी आदि कारणले चोरी सिकारी बढिरहेको छ ।
कसरी समय मिलाउनुभएको छ, अनुसन्धानलाई ?
दशै तिहारको विचमा अफिसमा खासै काम नहुने भएकोले १५÷१६ दिन जिदा लिन्छु । दशै तिहारमा पाउने विदा सदुपयोग गर्छु ।

अन्य दिन सार्वजनिक विदा परेको दिनको सांझ, विहान, रातिको समयलाई व्यवस्थापन गर्छु ।

No photo description available.

बारेकोटको पर्यटनलाई विश्व बजारमा पुर्याउन के गर्नुे देख्नुहुन्छ ?
संभावना धेरै छन् । बारेकोट जैविक विविधताले भरिपुर्ण छ भनेर राष्ट्रिय प्रकृति कोषबाट विज्ञ टोली पुगेर संरक्षण क्षेत्र घोषण गर्नुपर्छ भनेर सरकारलाई रिपोर्ट पेश गरिसकेको छ ।

भविष्यमा नलगाड हाईड्रोपावरले मानव निर्मित ताल बन्नेछ दुर्लभ वन्यजन्तु पंक्षीको बासस्थान छ । पाटनमा जडिबुटी को भण्डार छ दर्जनौं ताल पोखरीहरु छन् ।

धुरै अनुसन्धान टिम पुगि सकेको छ । अझै लुकेर रहेका स्थान हरु छन् खोजी गरि प्रचारप्रसार गर्नुपर्ने हुन्छ । अझै अनुसन्धान अध्ययन गर्न जरुरी छ लगानी कसैले गर्न चाहादैनन् ।

May be an image of 1 person, nature and tree

अन्त्यमा के भन्नुहुन्छ ?
बारेकोट सहित जाजरकोटमा पाईने दुर्लभ पशुपंक्षीहरुको संरक्षणमा हामी सबै जुटौं । प्रकृतिको पहिचान बोकेको जिल्लालाई विश्व सामु पुर्याउन सबै जुट्नैपर्छ । प्रकृतिले उपहार दिएको क्षेत्र हो बारेकोट ।

तस्विर हामीले सिंहको फेसवुकवाल बाट लिएका हौं ।
तपाईको प्रतिक्रिया