खलंगामा २१ घण्टादेखि विद्युत अवरुद्ध


खलंगा । जाजरकोट सदरमुकाम खलंगामा २१ घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको छ । विहीवार अपराहन ४ बजेदेखि विद्युत अवरुद्ध भएको हो ।

विद्युत अवरुद्ध हुदाँ मोबाइल, ल्याप्टप, टिभी चार्ज गर्न समेत समस्या भएको छ । उच्च भुभागमा हिमपात परिरहेको छ ।

हिटर बाट ताप लिईरहेका वृद्धवृद्धाहरुलाई अहिले निकै समस्या भईरहेको छ । विद्युत नहुँदा सरकारी कामकाज समेत प्रभावित भईरहेको छ । यता विद्युत प्राधिकरण वितरण केन्द्र जाजरकोट शाखामा टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन् ।

तपाईको प्रतिक्रिया