कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा कोईराला

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन
सुर्खेत । कर्णाली प्रदेश समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन गरिएको छ । मंगलबार समाजको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीको प्रमुख आथित्यतामा अधिवेशन भएको
हो ।
अधिवेशनमा मुख्यमन्त्री शाहीले समाजको आगामी सफलताको शुभकामना ज्ञापन गर्दै कर्णालीको विकासमा चासो राख्नुका साथै र राम्रा कार्यमा समर्थन जनाउन आग्रह गरे ।
यसैगरी अधिवेशनमा पत्रकार सुशील राज शर्माले बैदेशिक रोजगारमा रहेका कर्णाली नागरिक एकजुट भएर सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

दक्षिण कोरिया समाजले कर्णालीका नागरिकका लागि विभिन्न परिस्थितिमा सहयोग गरेको भन्दै थप सहयोग गर्न आग्रह गरे ।

समाजको सम्पन्न अधिवेशनले दैलेखका गणेशप्रसाद कोईरालालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । यस्तै, समाजको वरिष्ठ उपाध्यक्षमा जाजरकोटका सुदिप रावत, उपाध्यक्षमा धर्मराज शाही (दैलेख), रितुराज रिजाल (सुर्खेत) , सल्यानका आनन्द थापा र मुगुका लक्ष्मण दाहाल सर्वसम्मत चयन भएका छन् ।

यस्तै, महासचिवमा तिलक हमाल ठकुरी (सुर्खेत), सचीवमा हरि थापा (जुम्ला) र जाजरकोटका नेपाल कार्की, कोषाध्यक्षमा भानु मगर (रुकुम पश्चिम), सह–कोषाध्यक्षमा टरसिङ पुन (सल्यान) चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा हरिभक्त वलि (सल्यान), प्रेम विसी (सुर्खेत), लक्ष्मण शर्मा (दैलेख), बिरेन्द्र गिरि (सुर्खेत), कलम कार्की (दैलेख), हिक्मत शाही (कालिकोट), कमल भण्डारी (सल्यान), भक्ती आचार्य (दैलेख्र), बिष्णु रखाल (सल्यान), हिक्मत चौलागाईं (कालिकोट), लालप्रसाद बुढा (जुम्ला), दिपक बुढाथोकी (सल्यान), नवराज डागर (मुगु), अमृत कार्की (मुगु) र शेरबहादुर बुढा (डोल्पा) चयन भएको कर्णाली प्रदेश समाज दक्षिण कोरियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया