मुक्तक दिवस : सल्यानी साहित्यकार कल्पना परियारका दुई मुक्तक

मुक्तक

बित्ने भए झुपडी मै दिन भनी कत्ती डर नगर्नुहोला
छिमेकी हेरी मन डुलाउने काम सकभर नगर्नुहोला

म माटो छाडेर जान्न फलाउछु सुनौला बाला यही
जाउ छोरा परदेश जाउ भनी बा कर नगर्नु होला ।

मुक्तक
खोइ देश बनाउँछु भन्नेले के के मन गरि रहेछन्
नियम बनाउनेले नै नियम उल्लंघन गरि रहेछन्

छोराले पार्टीको झन्डा बोकेर बिदेशिएको बेला
आमा बाले कोदालो खनेरै देशको जतन गरिरहेछन् ।

तपाईको प्रतिक्रिया