
काठमाडौं । कप्तान तथा गोलकिपर किरण चेम्जोङ अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा प्लेयर अफ दि म्याच चुनिएका छन् ।
मंगलबार मरिससलाई १–० गोल अन्तरले पराजित गर्दा उत्कृष्ट प्रदर्शन गरेका किरण प्लेयर अफ दि म्याच चुनिएका हुन् ।
खेलको १३ औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार किरणले बचाएका थिए ।
नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो।
पेनाल्टीमार्फत गोल गर्दै मरिससलाई खेलमा फर्कने अवसर थियो । तर किरणले पेनाल्टी बिफल पार्दै खेलको अन्तिमसम्म नेपालको अग्रतालाई जोगाउन सफल भए ।
खेलका दौरान मरिससका केही उत्कृष्ट प्रहारलाई किरणले बचाउ समेत गरेका थिए ।
सुजल श्रेष्ठ प्रेरित नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा १ं–० को जित निकालेको छ ।
















































। १८ माघ २०७८, मंगलवार