पृथ्वीमा रूखको प्रजाति पहिले सोचिएकोभन्दा १४ प्रतिशत बढी : अध्ययन


पृथ्वीमा रूखको प्रजाति सङ्ख्या पहिले सोचिएकोभन्दा १४ प्रतिशत बढी भएको एक अध्ययनले देखाएको छ ।

संसारभरिका १४० जना अनुसन्धानकर्ताले एक लाखभन्दा बढी वन क्षेत्रमा रहेका लाखौँ रूखहरूको अध्ययन गर्दा पहिले सोचिएकोभन्दा १४ प्रतिशत बढी भएको पाइएको अध्ययनले देखाएको हो ।

अनुसन्धानकर्ताका अनुसार विश्वमा ७३ हजार तीन सय प्रजातिका रुख छन् । अझै ९ हजार दुई सय प्रजातिका रुखहरु पहिचान गर्न बाँकी रहेको बीबीसीले उल्लेख गरेको छ ।

दुर्लभ प्रजातीहरु अधिकांश रुपमा उष्णप्रदेशीय वनमा रहेको र ती प्रजाति तीव्र गतिमा लोप हुँदै गएको अनुसन्धानमा उल्लेख छ । यसरी दुर्लभ प्रजातिहरु लोप हुनुमा विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन तथा वन फडानी कारक रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

तपाईको प्रतिक्रिया