नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा जाजरकोटका समीर


काठमाडौं । सरकारले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा पत्रकार समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। रेडियो नेपालमा कार्यरत शाहले केही समयअघि रेडियो नेपालबाट राजीनामा दिएका थिए।

जाजरकोट निवासी पत्रकार शाह नेपाल प्रेस युनियनका पूर्व सभापति हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यकारी अध्यक्ष नियुक्त गरेका महेन्द्र विष्टले शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि पदबाट राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया