कोरोना परीक्षण गर्न मोबाइल किट बनाएको बेलायतका वैज्ञानिकको भनाइ


बेलायतका वैज्ञानिकले कोरोना परीक्षण गर्न मोबाइल किट बनाएको बताएका छन् । यसले कोरोना भाइरस पत्ता लगाउन निकै सहज हुने उनीहरूले दाबी गरेका छन् ।

सस्तो र सानो समेत हुनाले यो किट गरिब देशमा र दूरदराजका स्थानमा लैजान समेत सहज हुने उनीहरूको विश्वास छ ।

संसारका कतिपय स्थानमा अहिले पनि प्रयोगशाला र दक्ष जनशक्तिको अभाव रहेका बेला यो किट प्रभावकारी हुने बताइएको छ ।

यो किटको मद्दतले वैकल्पिक परीक्षण हुने उनीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया