आहा रारा गोल्डकप फुटबलको उपाधि एपीएफ क्लबलाई

आहा रारा गोल्डकप : उपाधिका लागि मनाङ र एपीएफ भिड्ने
२० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा मनाङ मस्र्याड्दी क्लबलाई पेनाल्टीमा ५– ३ गोल अन्तरले पराजित गर्दै एपीएफले पहिलो पटक उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेलमा दुवै टोलीले २ – २ गोल गरेपछि पेनाल्टी सुटआउट भएको थियो । जितसँगै एपीएफले १० लाख एक हजार र दोस्रो भएको मनाङ्ले पाँच लाख एक हजार पुरस्कार पाएका छन् ।

तपाईको प्रतिक्रिया