
अमेरिकी राष्ट्रपति जो वाइडेनने रुसले युक्रेनलाइ अर्को महिना आक्रमण गर्न सक्ने चेतावनी दिएपछि रूसले जवाफ फर्काउदै आफूले युद्ध नचाहेको बताएको छ ।
वासिङ्टनले अर्को महिना मस्कोले युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी दिएपछि रूसका विदेशमन्त्रीले रूसले युद्ध नचाहेको जवाफ दिनुभएको हो ।
रूसी विदेशमनत्री सर्गेई लाभरोभले आज रूसका मिडिायसँगको कुराकानीमा मस्कोले आफ्नो सुरक्षा चासोलाई बेवास्ता गर्न नमिल्ने बताउदै युद्ध नचाहेको बताउनुभएको हो ।
हालैका हप्ताहरूमा युक्रेनको सीमामा दशौं हजार रूसी सेना तैनाथ रहेका कारण आक्रमणको डर पैदा भएको विश्लेषण भइरहदा रुसले आक्रमणको योजना बनाएको अस्वीकार गरेको छ । युक्रेन र रूसबीचमा देखिएको विवादको बिषय विश्व समुदायलाइ नै तनाब बनेको छ ।
















































। १४ माघ २०७८, शुक्रबार