
पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज कोरोनाका कारण १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार ४३२ जना आज निको भएका छन् ।
आज १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो । यससँगै देशभर कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ ।
हिजोको तुलनामा कोरोना सङ्क्रमित हुने क्रम घटेको छ । हिजो देशभर २१ हजार ८०८ जनामा कोरोना परीक्षण हुँदा ८ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
















































। १४ माघ २०७८, शुक्रबार