भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवविरुद्ध रौतहट प्रहरीमा उजुरी


भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ ।

नेपाली काँग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवविरुद्ध उजुरी दिनुभएको हो । साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवविरुद्ध आज जिल्ला प्रहरी कार्यालय रौतहटमा उहाँले उजुरी दिनुभएको हो ।

माघ ५ गत रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएर साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै उहाँमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न नेता कर्णले माग गर्नुभएको छ ।

यसअघि नै विज्ञप्ति निकालेर मन्त्री यादवले आफूले कसैको ज्यान लिने अभिव्यक्ति नदिएको बताइसक्नुभएको छ । आफ्नो अभिव्यक्तिलाई बङ्ग्याइएको उहाँको दाबी पनि छ ।

तपाईको प्रतिक्रिया