
नेपालमा एकैदिन थप १५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका कोरोनाका सक्रिय सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ८७ पुगेको छ । गत २४ घन्टामा देशभर ८ हजार १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा २१ हजार ८ सय ८ नमूनामा परीक्षण गरिएको थियो ।
जसमा १५ हजार ७ सय ३६ आरटी पिसिआर परीक्षण गर्दा ५ हजार ८ सय १६ र ६ हजार ७२ एन्टिजेन परीक्षण गर्दा २ सय २ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ३९ हजार २ सय ६७ र एन्टिजेन विधिबाट १ लाख २२ हजार ८ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
२४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ५ हजार २ सय ९२ जना स्वस्थ भएका छन् । हालसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ३७ हजार ४ पुगेको छ ।
















































। १३ माघ २०७८, बिहीबार