चौरजहारीमा एक सय शैयाको अस्पताल बन्दै


रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक सय शैयाको नयाँ अस्पताल बन्ने भएको छ ।

नगरपालिकाको वडा नम्वर ३ मा एक सय वेड क्षमता अस्पताल निर्माणको लागि जग्गा प्राप्तिको काम सम्पन्न भएकोले थप प्रक्रिया अगाडी बढाइएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष ०७८र०७९ मा प्राप्त योजना मध्य चौरजहारीमा अस्पताल निर्माणको योजना परेकोले त्यसको कार्यान्वयनको लागि नगरपालिकाले प्रक्रिया सुरु गरेको हो ।

गएको शनिबार नगर प्रमुख बिशाल शर्माको अध्यक्षतामा बसेको बैठकले अस्पताल निर्माणको लागि प्रस्तावित ३५ रोपनी नम्बरी र २५ रोपनी ऐलानी जग्गाको निरिक्षण तथा नापजाँच गरिसकेको जनाएको छ ।

नगरपालिकाले अस्पतालको सम्पूर्ण पूर्वाधार निर्माणका लागि प्रस्ताव तयार सम्वन्धित निकायमा पठाउने निर्णय बैठकले गरेको छ ।

जग्गा प्राप्तिको काम पुरा भएकोले अस्पतालको पूर्वाधार निर्माणको काम यथासक्य अगाडि बढाउन संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेत र शहरी विकास तथा भवन निर्माण विभागमा अनुरोध गरिएको नगर प्रमुख बिशाल शर्माले बताए ।

तपाईको प्रतिक्रिया