
खलंगा । जिल्लाको नलगाड नगरपालिका–४ खानटाकुरामा दुई हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो संचालनको अन्तिम तयारीमा पुगेको छ ।
संचारको दृष्टीले दुर्गम मानिएको नलगाड नगरपालिकालाई राष्ट्रिय सुचना, संचार र समाचारसंग जोड्न खानटाकुरामा २ हजार वाट प्रसारण क्षमता भएको सामुदायिक रेडियो संचालनमा आउने लागेको हो । सामुदायिक रेडियो नलगाड एफएम जनादेश संचार केन्द्रले संचालनमा ल्याउन लागेको छ ।
सामुदायिक रेडियो नलगाड एफएम संचालन गर्न चाहिने सबै कानुनी प्रकृयालाई पुरा गरीसकेको जनादेश संचार केन्द्रका अध्यक्ष लोकेन्द्र विक्रम शाहीले जानकारी दिएका छन् ।
रेडियो संचालन गर्न थोरै प्राविधिक कामहरु बाँकी रहेको जानकारी दिदै अध्यक्ष शाहीले तत्कालै प्राविधिक कामहरु सम्पन्न गरेर आगामी फागुन महिनाको दोस्रो वा तेस्रो साताबाट सामुदायिक रेडियो संचालनमा ल्याउने तयारी भईरहेको बताए ।
अध्यक्ष शाहीकानुसार उक्त सामुदायिक रेडियो संचालन गर्न नलगाड नगरपालिकाले जनादेश संचार केन्द्रलाई २८ लाख ५० हजार अनुदान दिएको छ ।
















































। १२ माघ २०७८, बुधबार