देशभर थप ८ हजार ४ सय ५४ जना कोरोना संक्रमित : ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ।

त्यस्तै, गत २४ घण्टामा ५ जनाको संक्रमणका कारण मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया