साझा आस्थाको धरोहर, शेर बहादुर अधिकारी सर !


मझौला कद, चिटिक्क शरीर , गोलो मुहार , रसिलो बोली र मिलनसार शैली – सादा जीवन उच्च बिचार , असल अनि नैतिकवान् का रुपमा परिचित नाम हो अधिकारी सर ।

सामाजिक सेवामा समर्पित , सिधा कुरा – प्रष्ट बिचार , मनमा सफा अनि सदा सकारात्मक सोच राख्ने बौद्विक , दर्शनयुक्त दृष्टिकोणले प्रभावित लोकप्रिय नाम हो अधिकारी सर ।

प्रगतिशिल साहित्यकलाका धनी गीत÷संगित र स्वर गुञ्जनका अगुवा , जाजरकोटी सेवा समाजका नेता , शिक्षण पेशा अंगाल्दै चेतनाको दियो बालेर संसार उज्यालो बनाउने उद्देश्य लिने एउटा डाईनामिक नाम हो अधिकारी सर ।

संघर्ष नै जीवन हो सफल्ता नै संघर्ष हो , भन्ने विश्वास राखेर निरन्तर सदमार्गमा कुद्ने , आफ्नो–बिरानो सबैको साथ लिने र निशर्त हात दिने काम अनि नामले परिचित एउटा साझा ब्यक्तित्व हो शेर बहादुर अधिकारी सर ।

विश्व महामारी कोभिड १९ रोगले समाज आक्रान्त थियो । पहिलो चरणको महामारीले धेरैको जीवन वर्वाद पारिरहेकै थियो । दोश्रो लहरले आतङ्क मच्चाईरहेको बेला सामाजिक सेवा र सांगितिक काम कै शिलशिला काठमाण्डौमा शेर ब. अधिकारी सरलाई कोरोना संक्रमणले प्रभाव पारेको थियो ।

बिहानको मर्निङ वाल्कमा बाबू–छोरी (सावित्रा)हिड्दै गर्दा असहज महशुस भएसँगै जब हस्पिटलको जाँचपास गर्न जानुहुन्छ र बल्ल थाहाँ भयो , कोभिड १९ ले संक्रमित बनाएको रिपोर्ट आयो । तै पनि दुरुस्तै शरिर उच्च मनोवल र हाँसिलो अनुहार एकाएक शिभिल हस्पिटलको कोभिड वार्डमा नाम दर्ता भयो ।

हिन्दै गएर श–शरिर हस्पिटल वेड लिएर आफ्नो स्वास्थ्य किलेर गरेर फर्कने आशा गर्नु भएका शेर बहादुर सर आधा महिना जति हस्पिटल र डाक्टरहरुको निगरानिमा बस्नुपर्ने बाध्यता आईलाग्यो ।

शिभिल हस्पिटलमा नै कान्छो छोरा हेमुले (जागिर) गर्ने भएका कारण निगरानि राख्न बुवाको हेरचाह गर्न त्यति धेरै गार्हाे थिएन । समय बित्दै गयो । नपत्याउने गरी भाईरसले च्याप्दै जान थालेछ अनि आफन्त ईष्टमित्रहरुलाई जानकारी हुन पुगेछ ।

स्वर्गिय शेरबहादुर अधिकारी

त्यहि क्रममा मैले पनि साबित्रा बहिनी बाट खवर पाएँ । करिव दुई हप्ता (आधा महिना) को विचमा बिरामी भेट्न जाँदा पनि शेर ब. सर धेरै उच्च मनोवलका साथ कोभिड संघर्षमा हुनुहुन्थ्यो । म घर फर्कन सक्छु । एउटा आँट थियो , लगाईएको अक्सिजन मास्क खोलेर बोल्ने र केही खान कोशिस गर्ने , नआत्तिन हामीलाई सुझाउ दिने गर्नु हुन्थ्यो । अन्तिम सम्म असली अविभावकत्व नै त्यहि भयो ।

जब तेश्रो हप्ता दिनमा समयले रनिङ्ग गर्दै थियो , पेचिलो कोभिड भाईरस र उहाँमा अन्तिम संघर्ष देखिदै रहेछ । अब आईसियुमा नियमित डाक्टरहरुको निगरानिमा रहनुपर्ने भयो , बोल्न गाह्रो भयो । अक्सिजनको भरमा हातको ईसाराले आफ्नो समस्या बताउने अवस्थामा पुग्नु भयो ।अलि निराश अलिक हत्तोत्तसाहि अवस्था भएपछि नियमित हेरचाहमा रहने भाईहरु महेश र हेम आत्तिन थाल्नुभएछ ।

गाऊँ÷घरमा हुनुहुने जेठो छोरा अर्जुन र कान्छी छोरी शोभा लाई जानकारी भयो , भेटघाट हेरचाह मा हस्पिटल आएपछि भाई–बहिनीले आलोपालो बुवाको थप सेवामा लाग्नुभयो ।
अब फेरि बिरामीको स्वास्थ्य स्थिति स्थिर अवस्थामा रहन्छ ।

सायद बुवा बाँच्ने आशा गरेर , डाक्टरको प्रगतिशिल रिपोर्टबाट खुशी हुँदै भाई–बहिनिहरु आलो–पालो बुवाको हेरचाह गर्ने सल्लाह गरि , भईआएको आ–आफ्नो पेशा–ब्यवशाय अर्थात काम(ड्युटि)मा फर्किनुहुन्छ ।

नियमित हेरचाहमा ठुली छोरी साबित्रा , महेश र हेमु हस्पिटलकै चिसो सिढीँ सिमेन्टी भुईमा लखतरान आलो–पालो बुवा बाँच्ने आशले ड्युटि दिईरहनु भएको हुन्छ ।

बेला–बेला पुग्ने गरिरहेको थिएँ म । सायद त्यो समय अन्तिम–अन्तिम अबश्था हुँदै गरेको क्षण रहेछ । असाध्यै कष्टकर अर्थात संघर्षपुर्ण जीवनमा हाईभोल्टेज अक्सिजन को सपोर्टमा पनि छोराछोरी लाई सान्त्वना दिईरहनु भएको हुन्थ्यो ।

जति मनोवल उच्च भएपनि खराव स्वास्थ स्थितिका कारण, हामी र बिरामी बिचको नैराश्यता बढ्ने क्रम जारी नै थियो ।एकदिन माननीय माया प्रसाद दाजु र मेरो बिच त्यहि हस्पिटलमा भेट भयो उहाँको अवस्था त नाजुक नै छ भन्ने निष्कर्ष निकाल्यौ ।

तर उपाय अरु देखिदैन । किन कि यो महामारी त कोभिड भाईरस हो । कोभिडले हान्ने भनेको फोक्सोमा नै हो, फोक्सो निमोनियाले अन्तिम बनाइसकेको रिपोर्ट छ डाक्टरहरुको । उपाय विहिन हामी र ती बिचलित भाई–बहिनिहरु अत्यासपुर्ण जीवन जिउनुको बिकल्प थिएन । ता पनि अक्सिजनकै सहायता बाहेक बहिनी साबित्रा र भाईहरु महेश र हेम को कोशिस अन्तिम प्राय बन्दै थियो ।

महँगो औषधी एन्टिबायोटिक र अक्सिज भोल्ट नै कोभिडको बिकल्प थियो, अब बिरामीको शरिरले नै धान्न नसक्ने पावरफुल औषधीको पनि विकल्प अन्तिम नै भएको रहेछ । अक्सिजन मात्र अक्सिजन तर डाईजेष्टिङ बिनाको अक्सिजन अन्ततः सबै प्रयासहरु असफल भए । रातको ९ः०० बजे २०७८ भाद्र ३० शोमबारका दिन हाम्रा प्यारा अबिभावक श्री शेर बहादुर अधिकारी सर हामी माझ रहनु भएन ।

सिभिल हष्पिटलमा दुखःद देहावसान भएछ । म घरमा खाना खाएर सुत्ने तरखरमा थिए । मोवाईलमा दिनभरको न्युज हेर्दै गर्दा एकाएक महेश भाइ को फोन आयो , दाजु बुवा रहनुभएन । हँ ? चट्याङ्ग परेझै म चकमन्न भएँ अलमल परेँ । अनायसै दुखःद खवर ले अप्रत्यासित बज्रपात भयो । मैले मानसिक रुपमा (बिरामी) केही थाहाँ हुदाँहुदै त यत्ति ठुलो आकस्मिकता भयो भने , अन्य उहाँका आफन्त,मित्रजनमा कति पीडा भयो होला यो त म भन्नै सक्दिन ।
महेश भाईले थप अर्काे जिम्मेवारी नि दिनु भयो । दाजु सामाजिक संजालमा समाचार लेखिदिनु ल । झनै कसरी लेखुँम ? अभिव्यक्त गर्न र सुचना नै लेख्न असमर्थ छ यो मन, तर मानवीय जीवन अनि त्यो स्वासत्व नियम , जनम पछिको मानिस मृत्यु अनिवार्य छ । सम्हालिएर मैले सुचना फेसबुक मार्फत सार्वजनिक गरेँ ।
उत्तिकै बेला पुर्व मन्त्रि शक्ति दाजु र सत्य दिदी सँग कुरा भयो , उहाँहरु पनि सप्राईज परेर अचम्मित हुनुभयो , अब भोलि बिहानको सदगत र दाहासंस्कारको तयारीका लागि मलाई थप काममा अर्हाउनु भयो ।
सबै मित्रजनका सामाजिक संजालमा श्रद्वाञ्जलिका हरफहरुले भरिदैछन् । रातभरि निन्द्रा लागेन , घरमा बुढाबुढीले दिवागंत शेर ब.सर र परिवारका जिवनीहरु कोट्याउन थाल्यौ , त्यो अस्पतालको रात अनि कुशल अविभावक गुमाएको त्यो क्षण सावित्रा , महेश र कान्छो हेमले कसरी रात कटाउलान कठै ? मानस्पटलमा त्यो चक्र रिल झै घुमिरह्यो । नपत्याउदो गरि उहाँको स्वर्गारोहण प्रति नै न्यास्रो र नरमाईलोपन ब्यक्त गर्याै ।

एउटा असल र कुशल अविभावकको अभाव महशुस भैईनै रह्यो । एकाध घण्टाको सुताई पछि बिहानीपखको भाले बास्यो , निन्द्रा खुल्यो फेरि त्यही यादहरु विच फुलमाला लिएर सिभिल हस्पिटल तिर लाँगे ।

माननीय मायाप्रसाद दाजु म भन्दा अगाडि नै पुगिसक्नुभएछ । सर सल्लाह हुदैथियो । गाऊँका भाइ–बहिनी र यता का बिच फोन संवाद हुदैगर्दा जिल्लामा लिने कि पशुपति आर्यघाटमा दासंस्कार गर्ने ? केही संवादका बिच पशुपति आर्यघाटमा नै अन्तिम श्रद्वाञ्जलि गर्ने निधो भयो ।
खवर सबैलाई सुचित गरियो , अस्पतालमा श्रद्वाञ्जलिका लागि कमरेड माईला लामा , बन्धु चन्द र साबित्रा दुरा उपस्थित भई शिक्षक संगठनको नेता हुनुभएकोले पार्टी र शिक्षक संगठनको झण्डा ओढाई श्रद्वाञ्जली ब्यक्त गर्नुभयो , स्थापित एउटा पहिचान ब्यक्तित्वको प्रभावले कति फरक पर्दाेरहेछ , बास्तवमै उहाँको त्यो गौरवपुर्ण जीवनशैली र कार्यशैलीले गर्दा नै सबैका लागि महान ब्यक्तित्व सावित भएको हो । हामी सबैले सिक्नुपर्ने एउटा शिक्षा हो जो मरेर पनि एउटा प्रशंसा बन्न लायक हुँदोरहेछ ।

हामी सबै जिल्लावासीहरु अन्तिम दाहासंस्कार र श्रद्वाञ्जलीका निमित्त पशुपति तिर लाग्यौ । सबै विशिष्ट ब्यक्तित्वहरु आर्यघाटमा भेला भैसक्नु भएको रहेछ । पुर्व मन्त्री माननीय शक्ति बस्नेत , सत्या पहाडी र रास्ट्रिय शभा सदस्य माननीय माया प्रशाद र बरिष्ठ अधिबक्ता एकराज भण्डारी युवा नेता निरज आचार्य लगायतका तमाम विशिष्ट ब्यक्तित्व सहितको मलामिजनको सहभागिता भै सकेको अवस्थामा बुवाको मुख हेरेर अन्तिम श्रद्वाञ्जली दिन गाऊँबाट अर्जुन र शोभा नेपालगंज देखि काठमाण्डौ एरपोर्ट को टाईम अनि पशुपति बिचको प्रतिक्षामा बसिरह्यौ ।
अर्जुन र शोभा ३१ गते २ः०० बजे आर्यघाट पुग्नु भयो ।

एकछिन पछि अन्तिम श्रद्वाका लागि सबैले दुई मिनेट मौणधारण गरि सदगदको काम अघि बढ्यो । केही अनुभुतिजन्य मन्तव्यमा सारै मन छुने भावनात्मक बिषय मा. शक्ति बस्नेत र एकराज भण्डारी दाजुले राख्दै गर्दा सबैका आँखा बाट आँसु झरे । भावमा मात्रै होईन केही संकल्प लिएर बढ्नुपर्ने अठोट पनि जन्मायौ , भावविह्वल भाई –बहिनीहरुलाई समाहाल्दै , जब सात फन्को मारेर चितामा राख्ने बेला एउटा नयाँ संन्देश दिन केही सल्लाह हुँदैरहेछ उहाँका सन्तति बिच ।
त्यो दिन अन्तिम बर्षे झरि भाद्र महिना बिदाई हुँदै थियो पानीका बाछिट्टा छल्दै थियौ , पशुपतिमा ।  महेश भाई एक्कासी हामी गन्थन–मन्थन मलामीका माझ आएर बुवाको बाटोलाई अनुसरण गर्ने संन्देश दिन चाहान्छौ भन्नुभयो , के रहेछ ? जब चितामा फुलमाला र अबिरले अन्तिम बिदाईको क्षणमा चिरनिन्द्रामा रहनु भएका दिवागंत अधिकारी सरको साईडमा बोलाउनुभयो र उभिदै गर्दा महेश ले भन्नुभयो हामी पंरम्पराबादी कुसंस्कार तोड्छौ , अन्धबिश्वास नगर्ने बुवाको बाटोलाई पछ्याउने हाम्रो संकल्प भयो , भने पछि के नगर्ने ? कपाल नखौरिने , ननु नछोड्ने , सेतो बस्त्र नलगाउने आदि हिन्दु धर्म र अन्धबिश्वासी काम नगर्ने यत्ति महेश भाईले भनेपछि , यो सबैको सल्लाह हो त ? शक्ति दाजुले सबैलाई मुख हेरि भन्न्नु भयो ? र ! हो सबैले दोहर्याउनु हुन्छ ।

हामी झनै अचम्मित अनि गर्वको महशुस गर्दै उहाँहरुप्रति उच्च सम्मानको भाव देखाँयौ । जब दागबत्ति शरिरभरि फैलिदै छ मलाई शक्ति दाजु ले भन्नुभयो यो “त्यति सजिलो निर्णय होईन उहाँ भाई – बहिनीहरुको, परिपक्वता साँच्चिकै उचाई को नै रहेछ” माया दाजुले थप्नु हुन्छ । मतलव त्यो शेर सर को स्कुलिङ्ग र चेतनाको प्रभाव नै यी सन्ततिको प्रयोग बन्न पुगेको प्रष्ट छ । मानिस परिपक्क हुन कपाल फुल्नु पर्ने, दात झर्नुपर्ने र उमेर ढल्कनुपर्ने होईन रहेछ दुई बीस नजिकबाट तल परेका ती सन्ततीहरुले आफ्नो दुर दृष्टिकोण देखाउनु भयो सारै सराहनीय उच्च सम्मान छ । यो हामी समस्त सहभागी मलामिको मुल्याकंन हो ।

मा. शक्ति , माया दाजु सत्या दिदी र मैले सल्लाह गरेर फेरि यति ठुलो निर्णय भएपछि हाम्रो तर्फबाट पनि केही सद्वभाव जमघट र उहाँ दिवांगत शेर ब.अधिकारी सर को लागि एउटा सहभागितामुलक श्रद्वाञ्जलि शभा मनाउने निधो गर्याै । त्यो समय तीन दिन भित्र थियो । अग्रजहरुले सबै तयारीको पक्ष मलाई दिनु भयो । समय , स्थान र सहभागिता का लागि मैले संयोजन गर्ने भनेर म काममा लागे , श्रद्वाञ्जली ब्यानर सहित २०७८ आश्विन २ गते काठमाण्डौ ब्याङकेटमा जाजरकोट बासिहरुको उच्च सहभागिता जुट्यो ।

अलि फरक बहसपुर्ण श्रद्वाका भावहरुद्वारा उच्च मुल्याकंन मा पुर्याउने ती सन्तति को पनि हात थियो नै यस्तै जिज्ञासा र प्रश्न मलामीहरुको उपस्थितिमा प्रष्ट देख्न सकिन्थ्यो ।

श्रद्वाञ्जली शारदा स्मृति फाउण्डेशन द्वारा गरिएको थियो । कार्यक्रम अलिक फरकपन र प्रगतिशिल संस्कारका साथ ब्यानर , भिडियो श्रव्य दृष्य हेर्न मिल्ने संझनापुर्ण सहकार्य र बिगतका बाल्यकाल , गाऊँघर साथि – संगी सँगका फोटाहरु सहितको झलक त्यहाँ सरसर्ति चलि रहन्थ्यो ।

दुखःद कार्यक्रममा प्रायः कमजोर भावनामा टेकेर बाहुन बाजेको शुद्व कार्य भनेर मृत्युलाई स्वर्ग पुर्याउने आशादितमा ठग पुरान धर्मग्रन्थ पढेर धुपमा स्वाहा भन्ने अनि चार–चरण गरि कुम्लो बोकेर धनराशी भित्र्याउने पुरेत गरु र पुण्य कमाईने आशा गर्ने अन्धबिश्वासी हामी र हाम्रो समाज । यही अन्तर थियो श्रद्वाञ्जली शभाको त्यो दिन ।

दिग्वज ब्यक्तित्वद्वारा उहाँका सबल पक्षरुको वयान र कुसंस्कारपुर्ण समाजको अन्त्य गरि नयाँ बिज्ञानयुक्त समाज निर्माण कसरी गर्ने बहस करिव चार घण्टा सम्म चलिरह्यो । प्रगतिशिल हुनलाई वा क्रान्तिकारि हुन कुनै प्लेटफर्म ले काम गर्नु नै पर्छ भन्ने होईन रहेछ , हेर्दा समान्य तर परिवर्तनका निम्ति ठुलो शिक्षा हो श्रद्वाञ्जलि शभा र दिवांगंत शेर बहादुर अधिकारी सर ।

श्रद्वाञ्जलि शभामा सहभागी माननीय शक्ति बस्नेत , माननीय माया प्र. शर्मा ,मा. सत्य पहाडी , मा.एकराज भण्डारी , मा.राजिब बिक्रम शाह , कलाकार कृष्ण कडेल , राजनीतिज्ञ सुर्य सुवेदी र ज्ञानु बस्नेत विद्यार्थी नेता प्रकाश शाही लगायतका विशिष्ट ब्यक्तित्वहरु बिचको यो बहस बिषयबस्तु साट्ने काम भएको थियो ।

यसबाट एउटा गहनतम बिषयले प्रवेश पाएको छ । शुरुवात कसै न कसै मार्फत हुनै पर्दछ , भयो , तर केही नबुझ्ने रुढीवादी संस्कारका दासी मानव पनि छौ हामी , यसलाई अन्त्य गर्न आफुबाट नै रुपान्तरण खोजौ ! भन्ने नै यसको सार निष्कर्ष हो ।

जाजरकोट जिल्ला पजारु गाबिस ५ हाल छेडागाड न.पा. ९ मा २०१८ फाल्गुण १५ गते जन्मनुभएको श्री शेर बहादुर अधिकारी सर ले उन्नानसाठी बर्षकै अल्पआयु मै आफ्नो जिबनका हरेक संघर्षपुर्ण शिक्षाहरु हामी माझ छोडेर जानुभएको छ ।

अवदेखिन लिपिबद्व गरेर उहाँद्वारा श्रृजना गरिएका हरेक गाईड लाईनहरुलाई संस्थागत गर्नु नै उहाँ प्रतिको सच्चा श्रद्वा हुनेछ । अन्तिममा दिवागंत शेर ब.सर प्रति हार्दिक श्रद्वाञ्जलि ब्यक्त गर्दै शोकलाई शक्तिमा बदलेर उहाँका सपना साकार पार्ने अठोट बोकेका प्यारा भाई बहिनीहरु प्रति उच्च सम्मान गर्दछु , धन्यवाद ।

लेखकः  टक बहादुर घर्ती (मुनाल) कर्णाली काठमाण्डौ सम्पर्क समितिका
सदस्य हुन् ।

तपाईको प्रतिक्रिया