जुम्ल्याहा शिशु जन्माएकी कुशेकी सुत्केरीको हेलिकप्टर मार्फत उद्धार


खलंगा । नेपाली सेनाको हेलिप्टर बाट एक सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको कुशे गाउँपालिका–५ की २५ वर्षीया सरस्वती रावललाई रुकुमको चौरजहारी अस्पताल बाट उद्धार गरी सुर्खेत लगिएको हो ।

उनका श्रीमान धनबहादुर रावलले दिएको जानकारी अनुसार सरस्वतीले केही दिनअघि घरमै जुम्ल्याह छोरालाई जन्म दिएकी थिईन् । स्वास्थ्यमा समस्या देखिएपछि पुस २९ गते चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो ।

सरस्वतिको शरिरमा कडाखालको रक्तअल्पता भएकोले चौरजहारी अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान आफन्तलाई सल्लाह दिएको थियो । त्यसपछि सरस्वतीलाई कसरी अन्य अस्पताल लैजाने भन्ने समस्या प¥यो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन शाखा काठमाडौंले सरस्वतीलाई हेलिकप्टर मार्फत उद्धार गरेको हो ।

सुत्केरी महिलाका २ जुम्ल्याह छोरा घरमै सामान्य अवस्थामा छन् । कमजोर आर्थिक अवस्था रहेका सुत्केरी महिलाको उद्धारको लागि सोही गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष गोपाल नेपालीको पहलमा उद्धार गरिएको श्रीमान धनबहादुरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया