सम्झौतामा दुई बर्ष : दश बर्ष वित्यो बलेन् विद्युत

तीन पटक उपभोक्ता समिति फेरबदल

No description available.

                                       विद्युत निर्माणका लागि स्थानीयले ल्याएको तार : तस्वीर मोहन सिंह

भुपेन्द्र नेपाली
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा दश बर्ष देखि एक लघु जलविद्युत आयोजना अलपत्र परेको छ । साविक नायकवाडा गाविस, हाल बारेकोट गाउँपालिका वडा नं. ४ जिरीमा २०६८ सालमा निर्माण थालिएको ३२ किलोवाट क्षमताको अँध्यारी खोला लघु जलविद्युत आयोजना अलपत्र परेको हो ।

तत्कालिन समय जिल्ला विकास समितिको बजेटमा २ बर्ष भित्र सम्पन्न गर्ने उदेश्यले सुचारु भएको उक्त लघु जलविद्युत आयोजना सुचारु भएको एक दशक वित्दा पनि आयोजना सम्पन्न हुन सकेको छैन् ।

No description available.

आर्थिक अभाव, भौगोलिक विकट्ता, उपभोक्ता समितिको चरम लाप्रवाही अनुगमन टोलीको लाप्रवाही लगायत कारण आयोजना अलपत्र परेको हो । आयोजनालाई निर्माण गरेर वत्ती बाल्ने आशमा २ सय ७ घरधुरीले प्रति घर ४० दिन श्रमदान गरेका छन् ।

आयोजना दश बर्ष देखि अलपत्र परेपछि चार सय घर परिवारको बषौं देखिको बत्ति बाल्ने सपना सपनामै सीमित भएको छ । स्थानीयहरु मैन बत्ती, टुक्की, सोलार बालेर गुजरा चलाउन बाध्य छन् । उक्त आयोजना अलपत्र पर्दा लम्क, जिरी, रावत जिरी, पातल जिरी, गोठगाउँ, मैना, दह गाउँका चार सय घर परिवार अँध्यारोमा बस्न बाध्य छन् ।

समयमा नै आयोजना निर्माण हुन नसक्दा आयोजना निर्माण सामाग्री अलपत्र परेको स्थानीय मोहन सिंहले बताए ।

निर्माण जिम्मा लिएको उपभोक्ता समितिका पदाधिकारीको लाप्रवाहीले आयोजना निर्माणको काम अलपत्र पर्दा करोडौंको सरकारी लगानी बालुवामा पानी जस्तै भएको छ । गाउँमा बिजुली बत्ती नहुँदा वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायतका कार्यालयहरुको कामकाज समेत प्रभावित भएको छ ।

विजुली नबल्दा स्थानीयलाई टेलिभिजन हेर्न, रेडियो सुन्न, मोबाइल चार्ज गर्न तथा साना उद्योग सन्चालन गर्न, बालवालिकाहरुलाई पढ्न लेख्न धेरै समस्या भएको स्थानीय तिलक रावतले बताए ।

दुई बर्षमै निर्माण हुने आयोजना भौगोलिक विकट्ताका कारण समयमै निर्माण हुन सकेन् । आयोजना निर्माणका लागि तीन पटक निर्माण समिति गठन हुँदा पनि आयोजना निर्माण हुन सकेको छैन् । भौगोलिक विकटता, लागत अनुसारको रकमको अभाव भएकोले आयोजना निर्माण हुन नसकेकोे वडा नम्बर ४ का वडाध्यक्ष सिर्जना बस्नेतले बताईन् ।

उनले भनिन् ‘म निर्वाचित हुनु पूर्व ५ लाख र गाविसको तीन लाख, आफु निर्वाचन भएपछि पहिलो आर्थिक बर्षमा विनियोजन गरेको रु ३० लाखले आयोजनाको केही काम निर्माण भयो ।

दोस्रो बर्ष विनियोजन गरि रु १० लाख खर्च हुन नसक्दा फिर्ता भयो र कामले निरन्तरता पाएन, आ.व.२०७७÷०७८ मा पाँच लाख विनियोजन गरिएको उक्त रकमबाट कामले केही निरन्तरता पायो । आयोजनाको ९५ प्रतिशत काम पुरा भई सकेको छ ।

No description available.

यो आर्थिक वर्षमा पाँच लाख रकम विनियोजन भएको छ । विद्युतको नहर भरपर्दो हुन नसक्दा र ईलेक्ट्रोनिक समानहरु जडान हुन नसक्दा विद्युत बल्न सकेको छैन् । बाँकी रहेको पाँच प्रतिशत कामलाई छिटै सम्पन्न गरी । अबको केही समय भित्रै स्थानीयहरुको घर घरमा बत्ती बल्नेछ ।’

तपाईको प्रतिक्रिया