पछैल्लो अबस्ता मा कृषि क्षेत्रलाइ आधुनिकता का साथ साथै ब्यबसायीक तर्फ लिने उदेस्यका साथ नेपालमा टर्की देशबाट भित्र्याइयको च्याङ्लर जातको ओखर कृसकहरुले सरकारी अनुदानमा धमाधम लगाइ रहेका छन । तर बिडम्बना प्रती बिरुवा को मुल्य आकाश चुमेको तर नेपालमा लगाइएका कुनै पनि जिल्लाहरुमा सफल नभएको अबस्था देखिन्छ । हुन त नेपाल सरकारले यो जातको ओखार को बिरुवालाइ नेपालि कृसकलाइ खेती गर्न सिपारिस नगरे पनि प्रदेस सरकार र कृषि बिकास कार्यालय र कृषि ज्ञान केन्द्रहरुले कृषक लाई लगाएकै बर्षमा फल्ने भन्दै अनुदानमा
बितरण गर्दै आइरहेका छन । बिगत का दिनमा नेपालको जुम्ला हुम्ला,डोल्पा,मुगु,कालिकोट,जाजरकोट,दैलेख,सल्यान रुकुम रोल्पा जस्ता अन्ने थुप्रै हिमाली तथा पहाडी जिल्ला हरुमा पनि यो च्याङ्लर जातको ओखर को बिरुवा लगाएर असफल देखिएको छ । जुन सपना देखेर कृषक उधमी कृषि सहकारी कृषक समुहहरुले यो जातको बिरुवा लगाए त्यो सबै सपना तुसारापात भएको छ । बालुवा मा खन्यायको पानी झै लगानी भएको छ । नेपालको भुगोल हावापानी लाई अध्यन नगरी नेपालमा यस्को सम्भावना अध्यान नगरी धमाधम ब्यक्तिगत स्वार्थका निमिता सोझा साझा जनतालाइ आधुनिक तथा ब्याबसायिक बन्ने सपना देखाएर अन्तमा लगानी बाट हात धुनु पर्ने बाध्यता सिर्जना भएको छ । देशमा कृषि क्रान्तिका नाममा कृषि क्षेत्रमा भैरहेको दलाली,माफियातन्त्र,आयतमा नेपालको अरबौ पैसा बिदेशमा गएको मुल्यांकन गर्ने समर्थ्य सम्बन्धित निकाए को पनि देखिदैन । यस्ता गैरकानुनी मान्यता पाएको यो बिरुवा नेपालमा भित्र्याउन कानुनी मान्यता दिने पलान्ट क्वारेन्टाइनले पनि ध्यान नदिरहेको अबस्था देखिन्छ । जब किसानले यो जातको ओखरको बिरुवा आफ्नो जमिन मा बिरुवा लगाउछन । तब बिरुवा हुर्किने अबस्थामा रोग र किराले ग्रसित भै पात पहेलो हुँदै सुक्दै जाने समस्या देखिएको किसान को गुनासो छ । जब साइन गरिको भाग सुक्दै जान्छ अनि रुट्को भाग बाट पलाउदै जान्छ र ६/७ महिना पछि यो रुट को भाग पनि सुकेर जाने समस्या देखिने पनि कृषकको गुनासो रहेको छ । तेस्तै हाल कृषि बिकास कार्यालय मुगुमा कार्यरत बागबानी बिकास अधिकृत अधिकृत(सातौं )खेम राज शाही ले पनि नेपालको समुन्द्री सतह भन्दा ७ सय देखि १२ सय सम्म यस्को खेती हुन सक्ने सम्भावना देखिने बताउनु भएको छ । यस्तै ताप्लेजुङ,पाँचथर, सोलुखम्बु का कृषि ज्ञान केन्द्रका प्रमुखले पनि यो जात को ओखर कृसकले लगाएको तर सफल नभएको गुनासो गरेका छन तेस्तै सुक्खा फलफुल बिकास केन्द्र बैतडीका प्रमुख ड्मर भाटले पनि सुदुरपस्चिम का डोटि ,डडेलधुरा ,बझाङ,बाजुरा,बितडी लगाएत का जिल्ल हरुमा पनि बिगत ४/५ बर्ष देखि यो च्यान्ड्लर जातको ओखर लगाउदै आए पनि विभिन्न कारण यो सफल हुन नसकेको जानकारी दिनु भयो । तेस्तै आफैले पनि परिक्षणको लागि ५० बिरुवा लगाएको तर एउटा पनि बिरुवा हुर्काउन नसकेको गुनासो गर्नु भएको छ । उहाले नेपाल सरकारले मान्नेता नदिएको बिरुवा सुनेकै भरमा कुनै पनि किसानलाई लगाउन नहुने सुझाब पनि दिनु भएको छ । तेस्तै जाजरकोट जिल्ला को नलगाड,नगरपालिका ,क्षेडागाड नगरपालिका , भेरी नगरपालिका , बारेकोट गाउपालिका, कुशे र जुनिचाँदेमा पनि यो जातको ओखर को बिरुवा नहुर्केको गनासो कृषक बाट गुनासो आइ रहेको छ । तर सम्बन्धित निकाएका कर्मचारी तथा सम्बन्धित ब्याक्ती तथा संघ-सस्था भने आफ्नो मुनाफा हेरेर सरकारको बजेट अनुदानमा दुरुपयोग गरिरहेको गुनासो पनि सुन्न सकिन्छ । विभिन्न पौस्टिक हिसाबले फाइदा पर्याउने ओखरको खेती बिकास प्रबन्धन र बिस्तार हुनु पर्नेमा नेपालमा असफल जातका बिरुवा बिक्री बितरण गरि नेपाली कृसकलाइ ओखर खेतीबाट निरुत्साहित पारेको पनि गुनासो देखिन्छ । स्थानिय जात को बिकास र प्रबर्द्धन गरि स्थानिय जातको ओखर बिरुवा नेपालमै उत्पादन गरेको बिरुवा लगाएको खण्डमा नेपाली कृषकले राम्रो आम्दानी को स्रोत बन्ने अबस्था देखिन्छ हाल स्थानिय ओखर को बजार मूल्य १००० देखी १५०० प्रती केजि बिक्री भै रहेको छ। अन्तर्राष्ट्रिय बजारबाट नेपालमा भित्र्याएको बिरुवाहरुको बिस्तृत अध्यन अनुसन्धान हुन सकेको छैन। च्याङ्ग्लर बिरुवा खरिद गर्दा खरिदकर्ताले न्यून मुल्य ०.९९ डलर मा खरिद गर्ने गरेको र हवाई जहाजबाट नेपाल ल्याउने क्रममा १.२५ डलरमा करिब २.२४ डलरमा आयात हुने गरेको छ्। बिरुवाको मुल्य न्यून रकममा खरिद गर्दा गुडस्तरहिन हुने गरेका छन्। कृषि माफियाहरु बिरुवा खरिद गर्दा क्वारेन्टाइन चेकजाँच र बिरुवाको स्वास्थता मापन गर्ने निकाय माफियाको चङुलमा फसेको आरोप लगाएका छन्। कर्णाली सरकारले यस बिषयमा गम्भीरतापुर्बक सोच्नुपर्ने अवस्यकता भएको किसानको जनगुनासो छ् ।
च्याङ्ग्लर बिरुवामा माफिया हावी :कृषकहरु मारमा
जनार्दन शर्माले च्याङ्गलर वखरको प्रजाती मध्यपहाडी भुभागमा सफल रहेको कुन आधार टेकेर बोले?
तपाईको प्रतिक्रिया
















































। २५ पुष २०७८, आईतवार