
खलंगा । राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ जाजरकोटको अध्यक्षमा रिता पुन निर्वाचित भएकी छन् ।
शनिबार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको प्रथम जिल्ला अबिधेशनबाट पुन राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, जाजरकोट अध्यक्षमा निर्वाचित भएकी हुन् ।
राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, कर्णाली प्रदेश अध्यक्ष मनसरा थापा मगरको प्रमुख आथित्यतामा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले पुनको अध्यक्षतामा सात सदस्य जिल्ला कार्यसमिति निर्वाचित गरेको अध्यक्ष पुनले जानकारी दिएकी छन् ।
गैरीखालीमा सम्पन्न जिल्ला अधिवेशनले राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, जाजरकोटको उपाध्यक्षमा बागेश्वरी भडेललाई निर्वाचित गरेको छ भने, सचिवमा धनसरा पुन मगरलाई निर्वाचित गरेको छ ।
कल्पना थापालाई सह–सचिवमा निर्वाचित गरेको जिल्ला अधिवेशनले कोषाध्यक्षमा पूर्णिमा पुनलाई निर्वाचित गरेको छ । सिता चौधरी र बशन्ता पुनलाई सदस्यमा निर्वाचित गरेको छ ।
















































। २५ पुष २०७८, आईतवार