
खलंगा । जुवाको खाल बाट पक्राउ परेका भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित १२ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ ।
शनिवार विहान ३ बजेको समयमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक शिवकुमार श्रेत्रीको कमानमा गएको टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती सहित १२ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ ।
यस्तै, भेरी नगरपालिका वडा नं ६ का वडाध्यक्ष शशी वुढा समेत रहेका छन् । भेरी नगरपालिका ४ गैरीखाली स्थित सन्तोष श्रेष्ठको घरमा जुवा खेल्दै गरेका उनीहरुको साथ बाट २ लाख ५२ हजार १ सय २० रुपैयाँ सहित दुई गड्डी तास र १३ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए । थप अनुसन्धान भईरहेको थापाको भनाई छ ।
पक्राउ पर्नेहरुको नामावली :
१. जाजरकोट भेरी नपा ५ बस्ने वर्ष ४२ को दल बहादुर घर्ती
२. भेरी न. पा ४ बस्ने बर्ष ४६ को प्रचण्ड जंग शाह
३. भेरी नपा ८ बस्ने बर्ष २५ को जिवन खत्री
४. भेरी ४ बस्ने बर्ष २७ को प्रभात के। सि।
५. भेरी नपा ६ बस्ने बर्ष ३४ को शसी बुढा
६. भेरी नपा ४ बस्ने बर्ष ३३ को सन्तोष श्रेष्ठ
७. भेरी नपा ४ बस्ने बर्ष २७ को निराजन भडेल
८. छेडागाड न पा १३ बस्ने बर्ष ४२ को कर्ण ब. खड्का
९. भेरी नपा ५ बस्ने बर्ष ३६ को प्रकाशमान सिंह
१०. भेरी नपा १० बस्ने बर्ष ३६ को प्रशुराम गिरी
११.कुशे गापा ९ बस्ने बर्ष ४८ को दिकपाल आर.सी
१२. रुकुम पश्चिम चौरजहारी न पा ६ बस्ने बर्ष २० को बिकास बि.क
१३. भेरी नगरपालिका ३ बस्ने बर्ष ३० को बालकृष्ण बुढाथोकी
















































। १८ पुष २०७८, आईतवार