बुटवलमा शव बोकेको बस दुर्घटना हुँदा ७ को मृत्यु


बुटवलमा । बुटवलबाट पाल्पाको रिडीतर्फ शव बोकेर गएको बस रिब्दीकोटमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

पाल्पा रिब्दीकोट–७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले लोकान्तरलाई जानकारी दिए। दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्।

घुम्तीमा बस मोडिन नसक्दा ७० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको डीएसपी त्वातीले जानकारी दिए। पाल्पा रिब्दीकोट(७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया