
नलगाड । जिल्लाको नलगाड नगरपालिकाका दुई विद्यालयमा नेकपा ( एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियू को कमिटी गठन गरिएको छ । नगरपालिकाको वीरेन्द्र हिमालय तल्लु र नेपाल राष्ट्रिय माद्यामिक विद्यालय औलगुर्तामा कमिटी गठन गरिएको हो ।
नेपाल राष्ट्रिय माद्यामिक विद्यालय औलगुर्ताको विद्यालय कमिटीमा ईन्चार्ज प्रकाश विष्ट, सह ईन्चार्ज राजन नेपाली, अध्यक्षमा प्रकाश विक, उपाध्यक्षमा राधिका नेपाली, चाँदनी मल्ल, सचिवमा पुनम विष्ट, सह सचिव अर्जुन शाही,मिलन शाही, कोषाध्यक्ष निरुता मल्ल वरिष्ठ सदस्यमा तारा सिंह सर्वसहमत चयन भएका छन् ।
उक्त विद्यालयमा अनेरास्ववियूको ५० सदस्सीय विद्यालय कमिटी निर्माण गरिएको छ । यस्तै, वीरेन्द्र हिमालय माद्यामिक विद्यालय तल्लुको अनेरास्ववियू कमिटीमा ईन्चार्ज नगेन्द्र केसी, अध्यक्ष अनिता थापा, उपाध्यक्ष,माया विक, नवराज केसी, सचिव नवराज जैसी, सह सचिव तारा पौडेल, लोकन्द्र बस्नेत कोषाध्यक्ष भावना बस्नेत र वरिष्ठ सदस्यमा महेन्द्र खड्का चयन भएका छन् । उक्त विद्यालयमा ५५ सदस्सीय कमिटी निर्माण गरिएको विद्यार्थी नेता छवि रानाले जानकारी दिए ।
















































। १७ पुष २०७८, शनिबार