
मलाई जहाँ सम्म लाग्छ । मानव सृष्टि पनि त्यही अँध्यारो रातबाट भएको हो । हामीलाई थाहा छ अँध्यारो रात पछि उज्यालो विहानी आउँछ । उज्यालो पछि अध्यारो आउँछ । तर हामी संधै त्यही उज्यालोको पछि दौडिन खोज्छौं । अँध्यारोको महत्त्व के हो भनि कहिल्यै बुझ्न्न खोज्दैनौं । हामी सोच्छौं दुःख नै नगरी सुख किन आउँदैन ? विहानी भनेको परिश्रम गर्नका लागि हुन्छ । हामी एक विशाल रङ्ग मञ्चमा प्रर्दशन गरिने नाटकका पात्रका रुपमा यो धर्तीमा आएका हौं । त्यो विहानीसंगै हाम्रो नाटक सुरु हुन्छ । हामीले हाम्रो भूमिका निभाउनु पर्छ ।
हामीले निरन्तर एक विशाल रङ्ग मञ्चमा प्रर्दशन गरिने नाटकका पात्रका रुपमा आफ्नो भूमिक निर्वाह गरि रहेका हुन्छौं । जब अँध्यारो रातको आगमन हुन्छ हाम्रो भूमिका सकिन्छ । हामीले भोली कस्तो भुमिका खेल्ने हामी त्यही अँध्यारो रातमाबाट निर्णय लिन्छौं र केही समयका लागि हामी त्यहीं अँध्यारो भित्र नै विश्राम गर्छौं ।
मेरो परिवारः
वि.सं. २०६१ साल पौष ०५ गतेका दिन बुवा परे नेपाली र आमा अम्मा नेपालीको कान्छो सन्तानका रुपमा भारतको हिमाचल प्रदेशको निगुलसरी भन्ने ठाउँमा मेरो जन्म भएको हो । आमाले भनेअनुसार हाम्रो सहपरिवार वि.स. २०६३ सालमा नेपाल आईका हौं । मेरो घर साविक रोकायगाउँ गा.वि.स. ५ र हालको बारेकोट गाउँपालिका २ अयर्नामा पर्छ । दुई आमा तीन जना दाजुह तीन जना भाउजुहरु तीन जना दिदीहरु चारजना छोराहरु एक जना छोरा एक जना अंकल एक जना आन्टी उहाँहरुकै छोरी एक जना दिदी एक जना बहिनी र म लगायत मेरो परिवार रहेको छ ।
तीनै जना दिदीहरुले विवाह गरिसक्नु भएको छ जेठी दिदीले हालको बारेकोट गाउँपालिका ७ सुवावकोट निवासी टेक बहादुर नेपाली संग विवाह गर्नु भएको छ । अहिले उहाँका चार छोरा एक छोरी छन् । माईली दिदीले पनि सोही ठाउँमा निवासी पदम नेपालीसंग विवाह गर्नु भएको छ । अहिले उहाँका दुई छोरा छन् । कान्छी दिदीले हालको बारेकोट गाउँपालिका १ रामिडाँडा निवासी राजु नेपालीसंग विवाह गर्नु भएको छ । अहिले उहाँका एक छोरा एक छोरी छन् । जेठा दाईले हालको बारेबोटका १ बयालबाट विवाह गर्नु भएको छ । अहिले उहाँका तीन छोरा छन् । माईला दाईको एक छोरो छ । साँईला दाईले हालको बारकोट गाउँपालि २ निवासी माया विकसंग विवाह गर्नु भएको छ । अहिले उहाँकी एक छोरी छ । अंकलको छोरी दिदीले पनि हालको कुशे गाउँपालिका समाईलामा विवाह गर्नु भएको छ । उहाँका एक छोरा छन् । उहाँहरु अहिले भारतमा हुनुहुन्छ । वहिनी र मैले भने विवाह गरेका छैनौं ।
परिवारिक अबस्थाः
मेरो घरको पारिवारिक अबस्था पहिले देखि नै भद्रगोल जस्तो छ । तर अहिले विस्तारै सुदृट हुँदै गएको छ । घरको आर्थिक अवस्था कम्जोर थियो त्यसैमा झन बुवाले दुईवटा विवाह गर्नु भएको हुँदा हाम्रो सहपरिवारको विचल्ली थियो । मलाई आमा बुवाले भन्नु हुन्थ्यो हामी भरतबाट आउँदा सुरुमा यही घरमा बसेको थियौं । त्यो घरमा बसेको याद नभए पनि मलाई त्यो घरको याद छ । एउटा सानो घर थियो त्यही घरको पनि दुईवटा कोठा थिए । घरको माथिल्लो थारो हालेको थिएन । त्यतिवेलाई जेठी दिदी वाहेक अरु कसैले पनि विवाह गर्नु भएको थिएन ।
बुवाले दुईवटा विवाह गर्नु भएको थियो । मान्छेको मन नै हो आफुमाथि श्रीमानले सौता ल्याउँदा कसलाई पो रिस उठ्दैन र । त्यही चोटले गर्दा होला सायद जेठी आमाले हामीलाई कहिले पनि राम्रो गर्नु भएन । म दुई बर्षको हुँदा हामी नेपाल आएका थियौं तर म पाँच बर्षको हुँदा देखिको नै सबै कुराहरु थाहा छ ।
हामीलाई पनि रहर लाग्थ्यो दिदीहरुसंग खेल्न उहाँसंग नै एकै घरमा बस्न तर बुवाले जेठी आमा माथि आमालाई सौता ल्याउएको कुराले उहाँले हामी प्रति कहिले पनि आफ्न्त जस्तो व्यवहार गर्नु भएन । उहाँले आमालाई त परको कुरा हो हामीलाई सम्म देसक्नु हुँदैन थियो । पहिले देखि नै बुवा जाँड खाएर आएर विभिन्न बाहानामा आमाहरुलाई कुटपीट गर्नु हुन्थ्यो रे ।
त्यही घरमा बस्ने क्रममा एक दिन बुवाले आमाको शिरमा पुन्यौंले टाउकोमा हान्नु भएछ । टाउकोमा गहिरो चोट लागेको हुँदा आमा वेहोस हुनु भएछ घरभरी रगतै रगतले भरीएको थियो त्यो जेठी आमा र दाई मिलेर आमाको टाउकोमा केही घरेलु औषधीको प्रयोग गर्नु भएछ । घरभित्र बगेको रगत एउटा विरालो आएर खाएछ । उहाँहरुलाई आमा मर्नुभयो भने हामी सबै जना फस्छौ भन्ने ठुलो चिन्ताको विषय बनेको थियो ।
त्यति बेला मेरो जेठो मामा तत्तकालीन जनयुद्धका एक नेतृत्व हुनुन्थ्यो र त्यो बेला रोकोयगाउँ गा.वि.स.को गाजस प्रमुख पनि हुनुहुन्थ्यो । भोली पल्टको विवाह मामा घरमा पनि त्यो कुरा पुगेछ मामाहरु हाम्रो त्यही घरमा आउनु भएछ । करिब पौष महिना तिरको कुरा होरे । मामाहरुले यो मृत्युको घर जस्तो घरमा हाम्री बहिनीलाई बस्न दिनुछैन् । हामी हाम्री बहिनी लिन्छौं तपाईहरु आफ्नो सन्तानलाई समाहाल्नु होस भनेर धेरै जोड गर्नु भएछ । तर पनि आमाले मान्नु भएन छ ।
त्यो देखि मामाहरु पनि आमादेखि रिसयर जानुभएछ । त्यही भोली पल्ट बुवाले त्यहीँ नजिकै एक जना छिमेकीको गोठभित्र एउटा तयोमा आगो लिएर हामी सहपरिवारलाई त्यही बस्ने भन्नुभयो । हामीसंग कान्छी दिदी पनि आउनु भएको थियो । उहाँ हामीसंग नै भरताबाट आउँनु भएको हुँदा उहाँ घरमा बस्नु भएको दाई दिदीहरुलाई भन्दा पनि हामीलाई प्यारो मान्नुहुन्थ्यो । त्यो दिन म अझैं पनि सपना देखेको झै गरेर सम्झन्छु ।
घरमा खानेकुरा केही थिएन आमा त्यही दिनको चोटले गर्दा गम्भीर घाईते हुनु भएको थियो । उता माईला दाई दाईली दिदीहरु मकै रोटी र सिस्नु झ्यालमा बसेर खाँदै हुनुहुन्थ्यो । दिदि र दाई अलि ठुलो हुनुहुन्थ्यो म राम्रोसंग बोल्ननै जान्दैन थिए । कुनावाट लुकु हेथ्र्ये मैले भनेको कुरा आमाले केही पनि बुझ्नुहुदैन थियो । तर दाई र दिदी भने आमा भोग लाग्यो भन्दै हुनुहुन्थ्यो । आमाले दाईलाई र दिदिलाई विस्तारै भन्नुभयो जाउँ बाबु हजारी लगाएकी माईजुका घरमाबाट पीटो मागेर ल्याउनु । म कतै जान सक्दीन ।
जेठामा मामाको घरको चारै तिर बारमासे हजारी फुलहरु लगाएका थिए हामी उहाँको घरलाई नै हजारी लगाएकी माईजुको घर भनेर भन्थियौं । मामा माईजु आमा देखिे रिसाउनु भएको थियो उहाँहरु आउँनु भएन तर दाई र दिदीको हातमा हामीलाई खानाको लागि केही रोटीहरु मकैको पीठो पठाई दिनु भयो । त्यो वेला हामीलाई त्यो मकैको पीटो करिब तीन चार दिन सम्म खानालाई भयो ।
उता बुवा भने दिनभरी जाँडखाएर मध्यराती आउनुहुन्थ्यो उहाँ खाएर सुन्तुहुन्थ्योकी भोकै सुत्नुहुन्थ्यो त्यो हामीलाई थाहा हुँदैन थियो । त्यसरीनै हाम्रो केही समय त्यो गोठमा वित्यो । जेठी आमाहरुले पनि के के गरेर कान्छी दिदीलाई हामी देखि टाढा बनाउनु भयो । दिदीले नमान्दा नमान्दै उहाँलाई जेठी दिदीको घरमा पठाई दिनु भयो । त्यही केही समय पछि त्यो गोठबाट हाम्रो पनि बसाई सर्यो ।
हामी एक जना दाईको घरमा बस्न थालियौं त्यहाँ बस्दा पनि उहाँ हालत थियो । जेठी आमाले बुवा हाम्रो घरमा आएको देख्नु भयो भनेपनि आमासंग झगडाको निउँ खोजिहाल्नु हुन्थ्यो । त्यो वेला बुवाले हामीलाइे के खाए के लगाए भनेर सोध्ने पनि अवस्था थिएन । त्यही घरमा बस्ने बेला हो जेठादाईले पनि मलाई एक जोड रबटको जुता ल्याईदिनु भएको थियो । साँईला दाईलाई एउटा सट ल्याई दिनु भएको थियो । त्यही पनि जेठीमा रिसाई राहनु भएको थियो दाईले आफ्नै जिद्दीले हामीलाई दिनुभयो । त्यो घरम बस्न हामीलाई निकै कठिनाई भएको थियो त्यसैले केही समय पछि हामी मामा घर गयौं हामीले केही बर्ष मामाअ घरमा बसेर वितायौं ।
त्यही समयको विचमा जेठा दाईले पनि विवाह गर्नु भयो । बुवा र जेठी आमा भारत जानुभएको थियो । केही समय पछि एउटा जेठदाईको एउटा छोरा भयो । आमाले पनि आफ्नो कर्तव्य सबै निभाउनु भयो । मलाई रहर लाग्थ्यो दाईको छोरालाई समाउन म पनि जान्थ्ये । केही समय पछि बुवा पनि आउनु भयो । मामा घर बस्दा हामीलाई केही सजह भएको थियो । केही समय पछि आमाले बुवालाई भनेर हामीलाई घर बनाउने घडेरी दिनुहोस हामी घर बनाउँछौं ।
कोही समय पछि हामी आमाले त्यही बुवाले दिएको घडेरीमा एउटा सानो घर बनाउँन थाल्नु भयो काम सुरु गरेको एक हप्ता भएको थियो । बुवाको आँखामा समस्या अयो विस्तै बुवाले पुर्ण रुपमा आँखाको दृष्टि गुमाउनु भयो । आमालाई झन ठुलो समस्या भयो घर बनाउ भने कसरी बनाउ नबनाउ भने अरुले खुप घर बनाउछु भनी लागेकी थिई बनाउदिनस अब भन्लन भन्ने सोचेर आफ्नो हिम्मतलाई कहिले पनि नहारी निरन्तर काममा लागि रहनु भयो । स्ट्ट मित्र सबैको साथ र सहयोगले गर्दा त्यही बर्ष जिल्ला अस्पताल जाजरकोटमा बसेको आँखा सिविरबाट बुवाले पनः संसार देख्न पाउनु भयो । निकै दुःख कस्टका साथ आमाले पनि त्यो घर बनाउनु भयो । केही समय पछि आमा र त्यही घरमा बस्न थालियौं । साँईला दाई भने मामा घरमा नै बस्नुहुन्थ्यो ।
घरको कान्छो छोरा हुँ संधै म आफ्नो जिद्दीको काम गथ्र्ये । तर मेरो जीवनमा अभावले कहिले पनि छोडेन् । आफ्नो खेतवारी उब्जेको अन्नले तीन महिना पनि पुग्दैन थियो । घरमा कमाउने मान्छे कोही थिएनन्, आमाले अरुको काम गरेर खाने अन्नको र हामीलाई कापी कलमको व्यवस्था गर्नु हुन्थ्यो ।
गाउँम यतिवेलाको जस्तो विधुतको व्यवस्था थिएन् । कसै कसैको सुलार थिए भने कसैको टर्चहरु लिपलाईट हुन्थ्ये । तर हाम्रो घरमा त्यस्तो कुनै उज्यालोको व्यवस्था थिएन् । वेलुकाको खाना खान डिला भयो भने घरको सिडिमा बसेर खान खानुपर्ने बाध्यता थियो । त्यही बाध्यतासंग लढ्दै त्यही अध्याँरो घरको कुनाबाट उज्यालो भविष्यका हजारौं सपनाहरु देखि रहेको थिए ।
नत हामीले एक छाक राम्रो खाना पाउँथियौं । नत राम्रो लुगा लगाउन पाउँथियौं । आमाले जेहेनतेहेन गरेर कहिले काँही बर्षमा एक पटक एक जोड कपडा किन्दिनु हुन्थ्यो । त्यही कपडा एक बर्ष डेड बर्ष चलाउनु पथ्र्यो । लेख्नलाई कापी कलमको हुन्थ्यो । पैसा आउनु ठाउँ कतै थिएन् तै पनि आमाले जेहेन तेहेन व्यवस्था गर्नुहुन्थ्र्यो । कहिले काँही मामा घरका दाई दिदीहरुले आफ्ना पुरानो कापीहरु पनि दिनुहुन्थ्यो । आफ्नो दुःख पीडालाई मन भित्र लुकाई राखे कहिले पनि कसैको सामु आँसु झारीन् । आफ्नो अबस्थाले भ्याए सम्म र समयले साथ दिए सम्मको मैले पढे ।
म पढाईमा कहिले पनि कम्मोर थिईन तर घरपरिवारको अबस्थाले गर्दा मैले पढाई कहिले पनि मिहिनेत गर्न सकिन । विहान बेलुका घरको काम गर्दै समय वित्थ्यो दिनमा विद्यालय जानुपथ्र्यो साँझपख लेख्न पढ्नका लागि घरमा उज्यालो थिएन् । सायद गरिबीका कारणले होला मैले आफ्नो पढाई कहिल्यै पनि समय दिन सकिन । विस्तारै समय वित्दै गयो विस्तारै मेरो उमेर पनि बढ्दै गयो । आवश्यकता पनि उत्तिकै बढ्दै गए । बुवाले पटक पटक आमालाई कुटपीट गर्नुहुन्थ्यो । आमाको अवस्था पनि कम्जोर हुँदै गयो हामीलाई दिन विताउन निकै कठिनाई हुन थाल्यो ।
त्यही समयको विचमा बुवाले जेठी आमाहरु बस्ने घर बनाउने सोच गर्नु भयो । जेठा दाईले घरको लागि आवश्यक पर्ने काठहरु काट्न लाग्नु भएको थियो । बुवा घरको घानो छुईने ढुङ्गगा निकाल्न लेकतिर जानु हुन्थ्यो । करिव माघ महिनाको अन्त्य अन्त्य तिरको कुरा हो । लेकहरु तिर अलिअलि हिउँ पर्दै थियो । गाउँघर तिर पानी पर्दै थियो । एक दिन साँझ खेरी बुवाले आमालाई कुट्नु भयो । सनासोले खुट्टामा हान्नुभएको थियो । र आमालाई चोट धेरै लागेको थियो ।
बुवा एका विहान उठेर बाहिर तिर जानु भयो । फेरी पर्केर आउनु भएन । हामीले घरमा मकै र सिमी पकायका थियौं । पछि आउनुहुन्छ होला भनेर उहाँ भनी एउट कचौरामा राखिदियौं । आमा घरमा नै हुहुन्थ्यो म झोला वोकी विद्यालय जाने तयारी भए । त्यतिवेला म श्री जनज्योती प्राथामिक विद्यालय भैंसामारेमा पढ्थ्ये । बुवा जेठी आमाको घरमा मलाई विद्यालय कतिवेला जान्छ भनेर पर्खनु भएको रहेछ । म विद्यालय जानको लागि आएको थिए बुवाले आफ्नो झोला बोक्नुभयो र म भएकै ठाउँ तिरनै आउनु भयो र जाँउ हिन भन्नु भयो ।
बुवाले भन्नु म पनि उतै जानियांै हुर माथिको बाटोबाटै जाँउ म पनि बुवाको हात समातेर उहाँसंग नै गए । अलि पर पातेल्ने भन्ने ठाउँ छ त्यहीँ पुगेका थियौं बुवाले त्यहीँ एक जनाको घरमा बसेर धाना कुट्ने मुसलको दाँत हाल्दिनु भयो । त्यो दिन बुवाको अनुहार पनि महिलन थियो बाटोमा पनि दुःखको कुरागर्नु हुन्थ्यो । मेरो पनि विद्यालय जाने समय भई सकेको थियो । मैले जान्छु भने बुवा पनि त्यहाँबाट जाउँ भन्नु भयो अलि पर गएको थियौं हामी दुई बुबा छोरा छुट्ने बाटो आईसकेको थियो बुवा अनुहार झन मलिन भयो । उहाँले मेरो टाउकोमा हात राख्दै कपाल सुसुम्याउँदै । मौसम कस्तो हुन्छ हिउँ मस्तै पर्न लाग्यो भने म आई हाल्छु आमालाई रक्सी बनाएर राख्नु भन्नु भन्नुभयो । केही समय पछि बुवा पनि जानु भयो ।
म पनि विद्यालय गए । बुवाले बाटोमा गरेको कुराहरु कसैला नभन्नु भएको थियो । त्यसैले मैले त्यो कुरालाई कसैलाई पनि भनिन् । बुवा गएको दुई दिनको रातीमा गाउँमासम्म हिउँ परयो र तेस्रो दिनको विहानै मैले आमालाई भने आमा बुवा लेक तिर जानु भएको छ । हिउँ पर्यो भने आहाल्हाल्छु, आमालाई रक्सी पारेर राख्नु भन्नुभएको थिायो भन्नु भएको थियो मैले तपाईलाई भन्न विर्सेछु । भने केही समय पछि मौसम परिवर्तन भएर टहटह घाम लागेको थियो । आमा र म रक्सी पर्ने तयारी थियौं । धन बहादुर मामाले हाम्रो जेठी फुपुको जेठो छोरो देविलाल दाईलाई हाम्रो घरको जेठो दाईलाई उहाँले बोलाउनु भयो ।
उहाँहरुलाई बोलाएको सुनेर आमाले किन बोलानुभयो भन्ने सोच्नु भएको थियो । उहाँले मलाई मामा घर डरम लिन पठाउनु भयो । साँईला दाई मामा घरमा हुनुहुन्थ्यो । म भने घरबाट आउँदै थिए । माईला दाईपनि त्यहीँ हुनुहुन्थ्यो, पानी धारा म डरम पखाल्न लागे थिए । उहाँको पाईन्टको बाउँलो पाटेको रहेको छ पानी धारामा उहाँलाई सबैले जिस्काउँदै थाले । संधै उहाँ मेरो सपोट लिनुहुन्थ्यो म उहाँको सपोट लिन्थ्ये त्यो दिन पनि उहाँको सपोट लिँदै धारामा भएको मान्छेहरुलाई गालि गर्दै थिए । एक्कासी मेरो नजर घर तिर गयो त्यहाँ धेरै मान्छेहरु जम्मा भएका थिए ।
म र माईलाई पनि हतार हतार गर्दै त्यहाँ पुगियौं । त्यहाँ पुगेपछि हामीले खबर पायौं । ढुङ्गगा निकाल्ने क्रममा बुवालाई हिजो दिनमा चोट लागेर गम्भीर घाईते हुनुन्छ भन्ने म त्यही सुनेर आफ्नो घर तिर दौडे घर पुग्दा आमाले पनि त्यो कुरा थाहा पाईसक्नु भएको रहेछ । उहाँ म पनि जान्छु भन्दै हुनुहुन्थ्यो सबै जना आउनु भयो र सबै जना बुवालाई लिन जंगल जानुभयो आमालाई भने सम्झाई वुझाई गरी जानदिनु भएन । मैले पछि थाहा पाएकी बुवालाई जिउँदो हुनुछैन भन्ने सोचेर दाईले कात्रो सम्म बोकेर जानु भएको छ भन्ने कुरा तर आमालाई भने त्यो कुरा भनिन् ।
साँझको करिब सात बज्नै लागेको थियो । बुवालाई ल्याएर सबै जना आउनुभयो र हाम्रो घरको नजिकै पुग्दा बुवाको मुखबाट मैले एउटा शब्द सुनेको थिए ‘मलाई यहीँ लेऊ’ तर त्यो शब्दलाई कसेले सुनेन म सानो मान्छे मेरो कुरा कसले पो सुन्थ्येर त्यसैले मैले पनि कसैलाई भनिन् । मन भारी भयो म केही नबोली आफ्नो घरतिर जाँदै थिए । आमा रुदैँ बुवाको नजिक जान खोज्दै हुनुहुन्थ्यो त्यही बेला सबै जनाले दाईको घरमा लिईहाले ।
आमा पनि जानु भयो । दाईले बुवालाई भित्र लिने क्रममा भन्नुभयो कात्रो लिएर गएका थियौं जिउँदै घर ल्याएका छौं । त्यसैले हामी बुवालाई टिका लगाएर भित्र लिन्छौं । टिका लागएर भित्र लिनुभयो सबैजना भित्र गए तर आमा त्यही घरको बाहिर ढोकाबाट हेरिरहनु भएको थियो । सबैजनाले टिका लगाई सकेका थिए तर आमाले लगाउनु भएको थिएन् । त्यसको कारण कसैको डर होईन त्यसको कारण आमासंग पैसा रहेन्छ । त्यो कुरा कसैलाई भन्नुभएन तर मैले आमाको अनुहार हेरी त्यही हुन सक्ने विस्वास गरे ।
म कसैसंग केही नबोली आफ्नो घर गए केही दिन पहिला मैले भलिबल खेल्ने ठाउँमा गई त्यहीँ रेफ्रि लागेको भन्दै एक जना दाईले मलाई पचास रुपैंया दिनुभएको थियो । त्यो पैंसा आमाको सिरानीमा राखेको थिए त्यही पैसा लिएर आमाको हातमा राखि दिए र आमा त्यसपछि भित्र गई बुवालाई टिका लगाई दिनुभयो । म त्यहीँबाट हेरिरहे बुवाले मलाई पटक–पटक हेरिरहनु हुन्थ्यो । आमा भित्र गएदेखि बाहिर आउनपाउँनु भएन् । सबैजनाले टिका लागाई सकेका थिएम भित्र नगई आफ्नो घर गए र गाईलाई घाँस हालेर फेरी बुवा भएकै ठाउँमा आए र फेरी पनि त्यही ठाउँमा बसेर बुवालई हेरिरहेको थिए ।
बुवाको कम्मर देखि तलको शरिर चल्दैन थियो । वाँया आँखाको छेऊमा र वाँया साईटको निधारमा चोट लागेको थियो । त्यतिवेला करिब रातीको नौं बजिसेको थियो म त्यहीँ थिए त्यसै विचमा बुवाले भन्नु भयो कान्छा यहाँ आत मेरो खुट्टा दबात त्यो वेला कसैले पनि केही भन्न सकेनन् सबै जना मेरो मुख तिर टुलुटुलु हेरिरहेका थिए । म विस्तारै बुवाको नजिक गए र बुवाको खुट्टा दबाउँन थाले । आमाले बुवालाई अडाई रहनु भएको थियो । म खुट्टा दबाँदै थिए ।
सबै जना आलोपालो गर्दै खाना खान जान्थ्ये तर हामी आमा छोरा भने त्यो ठाउँबाट कतै गएनौं । हामीले घरमा खाना पनि बनाएका थिएनौं र कसैले खाना खायौकी नाई भनेर पनि सोधेनन् जेठीमा हामीलाई बुवाको सामु देखेर रिसले चुर पर्नु भएको थियो उहाँले त झन सोध्ने कुरा नै भएन । त्यो रात भरी आमाले भोकै बुवालाई काखमा अड्याई रहनु भयो । म सानै उमेको थिए । बुवाको खुट्टा दबाउँदा दबादै त्यही निधाउन थाले बुवाको आँखाबाट बरबर आँसु झरी रहेको थियो तै पनि बुवाले कसैलाई केही भन्नु भएन । हामी आमा छोराले त्यो रात खाना नखाएरनै बितायौं ।
भोलि पल्टको विहानै म उठे आफ्नो घरमा गए गाईलाई बाहिर बाने घाँस हाले र घरमा मकैको पीठो थियो । खासै रोटी बनाउन आउँदैन थियो आमाले हिजो विहान देखि केही खानु भएको थिएन । त्यसैले जानी नजानी भएपनि रोटी बनाए । त्यही क्रममा तल्ला घरे दाईकी छोरी राममाया आई र उले सिस्नु टिपी हामी दुई मिलेर रोटी सिस्नु तयार बनायौं ।
विद्यालय देखि घर सम्म, सुख देखि दुःख सम्मका हरेको मोड साथी भनेकै उनै हो । राममाया त्यहीँ बसी म आमा बुवा भएकोे घरमा म गए र आमा बाहिर जानुभएको रहेछ बुवालाई भने बुवा आमाले हिजो विहान देखि खाना खानु भएको छैन् मेल रोटी बनाएको छु हजुरले खाना पठाउनुन । आमा पनि आउँनु भयो मैले बुवालाई आफ्नो छाती आडाई रहेको थिए बुवाले आमालाई भन्नु भयो घरमा गाई फुकेको छरे यसलाई बान्न दिएन्छ र यो यहाँ आएको छ गएर गाई बानेर आइजा । आमा घर जानु गाई बनेकै देखेर फर्कनै लाग्नु भएको रहेछ राममायाले आमालाई रोटी खाना भनेर भने पनि आमा घरमा जानु भएछ र रोटी खाएर आउनु भयो ।
आमाको बुवा भएको ठाउँमा आउन जेल सम्म मामा घरबाट साँईला दाई पनि आई सक्नु भएको थियो । त्यहाँ सबै जना थिए तर बुवाको नजिक भने म नै थिए दाईले बुवालाई छुन सम्म पाउँनु भएको थिएन् । पछि जेठा आउनु भयो बुवालाई आफ्नो छाती आडाई बस्नुभयो आमा पनि त्यहीँ नजिकै बस्नु भयो । साँईला दाई र भने हाम्रो घरमा गयौं । राममाया पनि त्यहाँ थिई हामी काका भितजीले नि रोटी खाईयौं । त्यसरी नै त्या दिन वित्यो । हिँदको समय भएको हुँदा चिसो धेरै हुन्थ्यो त्यसै गर्दा भोलि पल्टको दिन विहानै एक जना अंकलको घरको गोठ सफा गरेर दाईहरुले बुवालाई त्यहीं लिनु भयो ।
त्यस पछि पनि आमाले र मैले कति दिन भोकै वितायौं । तर कसैले पनि एक रोटी खान्छसकी भनेर सम्म सोधेनन् । त्यसरी करिब १२ दिन वितिसकेको थियो । घरको आर्थिक अवस्था निकै कम्जोर थियो बुवालाई राम्रो अस्पतालमा लिएर उपचार गराउन सकिएन् । १३ दिनको दिन सम्म गाउँघरको उपचारले उहाँलाई अलि सन्चो भए जस्तो भएको थियो । माईली दिदी कान्छी फुपुहरु सबै जना दुई तीन दिन पछि आउँछु भनेर आफ्नो घर जानु भयो । बुवाको अन्य चोटहरुभन्दा मुटुमा लागेको चोट उहाँलाई निकै कठिन भईरहेको थियो ।
त्यो दिन करिव दिउँसो ४ बजे सम्म बुवालाई केही भएको थिएन । त्यसपछिको समय देखि बुवालाई निकै अप्ठेरो हुँदै गएको थिए । त्यस्तै यो दिन फागुण महिनाको पाँच गतेको हुनुपर्छ । हामीले समयमा नै खाना हामीसबै जना त्यहीं आएका थियौं । बुवाको अवस्था गम्भीर हुँदै गएको थियो । माईला दाई, साँईला दाई र म हामी सुतिसकेका थियौं । विहानीको करिब दुई देखि तीन बजेको समयको विच बुवाले धरै पटक हामीलाई विउँझाईदेऊ भन्नु भएछ तर कसैले पनि विउँझाउने प्रयास गरेनछन् । करिब विवाहनको तीन बजे समय तिर होरे बुवाले सदाका लागि हामीलाई छोडि सक्नु भएछ । अथार्त उहाँको मृत्यु भई सकेको रहेछ ।
त्यहाँ भएको सबै जनाको रुवावासी चलेको थियो । मान्छे रोएको कराएको सुन्दा हामी तीन जना दाजु भाई पनि उठियौं । त्यतिवेला करिब विहानको चार बजेको थिाये । यता उता आफ्न्तहरुलाई खबर पु¥याउनका फोन गर्ने प्रयास गरिहनु भएको थियो माईला र साँईला दाई पनि रुन थालेको थिए । त्यही क्रममा मैले जुलदाई तिर हेरे र दाईको आँखा एक थोपा आँसु पनि देखिन् । मैले पनि सायद बुवा फेरी फर्कनु हुन्छहोला भन्ने सोचे र म राईन । त्यतिबेला सम्म मेरो मनमा केही भएन ।
जब विहान सात बजे थियो बुवाको मृत्युको खबर जताततै सुनाईदै थियो । बच्चा बच्चीहरुलाई बुवालाई राखेको ठाउँमा जान दिदैन थिए । विस्तारै साँईला दाईको कपालविलेटले फालेर सेतो कपडाको घुम्टो हालिदिएका थिए । आँगनमा मृत्यु संस्कारको बाजा बजेको देखे । त्यसपछि मैले सोच साच्चकै बुवाकाो निधन भएकै रहेछ । जब बुवाको मरिसकेको शरिरिरलाई जलाउन चिहान सम्म लिन लागेका थिए दाजुहरु तीनै जना खाली खुट्टै हुनुहुन्थ्यो । उहाँहरु सबैजना संगै हुनुहुन्थ्यो उहाँहरुपनि चिहान सम्म जाने तयारीमा हुनुहुन्थ्यो ।
तर म भने एक जना साथीको घरको कुनामा बसेर लुकीलुकी हेरिरहेको थिए । सबै जना कराएर रुदैँ थिए तर मेरो आँखामा कसैले पनि आँसु देखेन् र मैले आँसु पनि बगाउन चाहिन् । आज दुनिया रोएको छ तर भोली म एक्लै रुनु पर्छ भन्ने कुरा मेरो मनमा खेलि रहेको थियो । बुवालाई चियानमा लिएर उहाँको अन्तिम दाससंस्कार गरुन्जेल सम्म हेरिरहे । साँझ पर्नै लागेको थियो सबै जन घर आए तर बुवाको त्यो मरेको शरिरिर घर नल्याई सबैजनाले आफनो टाउको माथीको कपाल काटेर आएका थिए । र घर पुगेपछि मेरो कपाल पनि विलेटले काटिदिए । त्यही वेला देखि मेरो मनमा एउटै प्रश्न खेलिरहेको थियो । मेरो बुवा फेरी कहिले आउनु हुन्छ ? त्यसको जवाफ कसैबाट आएन तर समयले गर्दाहोला सायद मैले विस्तारै आफै थाहा पाए । बुवाको हात समाते हिन्ने रहर त्यही दिन देखि संधाको लागि अन्त्य भयो ।
त्यती वेला म १० बर्षको थिए बुवाले संसार छोडेर जानुभयो । त्यसपछि घरको जिम्मेवारी सबै आमाको काँधमा पर्यो । आमालाई घरव्यवाहर चलाउन निकै कठिनाई हुँदै गयो । घरको कान्छो छोरा भएपनि अमाको त्यो अबस्था देखेर म कहिल्यै कान्छोको रुपमा रहिन । हुँन म भन्दा पहिला दाई पनि हुनुहुन्छ । हामी सानो उमेर देखि नै मामा घरमा बस्दै आएका थियौं त्यसैले उहाँ संधै मामा घरमा बस्नुहुन्थ्यो । बुवाको निधन पछि पनि आमा र म त्यो घरमा एक्लै बस्न थालियौं । त्यसैले होला आमाको लागि दाई भन्दा पनि म चिन्ताको विषय बने । म आमाको लागि छोरा मात्र नभई दुःख सुखको साथी जस्तो भए ।
आमा चाहान्नु हुन्थ्यो गरिबीको कारण साँईला दाईको पढाईमा कुनै असर नपरोस । तर त्यही गरिबीको कारणले कक्षा सातको परिक्षा दिएर दाई काम गर्न भारत जानुभयो । आमालाई चिन्ताको विषय भयो छोरा कतै कुलतमा फस्छकी पहिलो घर छोडेर अर्काको देशमा काम गर्न जाँदैछ के गर्ला कस्तो गर्ला भनेर । तर दाई विचार र अभिव्यक्तिले उहाँ कुलममा कहिल्यै पनि फस्नु भएन् । विचविच मामाले दाईसंग कुरा गराउँनु हुन्थ्यो । त्यही वर्ष उपाप नामका एक संस्थाले हामीलाई तीनवटा बाख्रा दियो ।
आमाले र मैले घरको कामसंगै त्यही बाख्रालाई पनि पाल्नु पर्ने भयो मामा घरबाट हामी एउटा गाई पनि दिनु भएको थियो । आमा विहानै जंगल गएर गाई बाख्रालाई गाँस ल्याएर आउँनु हुन्थ्यो । विहान वेलुका गरेर मैले गाई बाख्रालाई हेर्नुपथ्र्यो । त्यसरी नै हाम्रो दिन वित्दै गयो असोजको महिना थियो । विजय दशमीको समयमा दाई पनि भारतबाट काम गरेर गाउँनु भयो आमा र मलाई पनि नयाँ कपडा ल्याई दिनु भयो । दशंै तिहारमा नयाँ कपडा लगाएर गाउँमा नाँचगान गर्ने मेरो सपना पुरा भयो । त्यो सबै देखेर म सोच्थ्ये अब हाम्रो पनि सुखका दिन आउँन थाले ।
त्यस पछि विस्तारै आमालाई घरव्यवहार चलाउन सजिलो हुँदै गयो । दाई र मलाई पनि विद्यालय जाँदा कापी कलमको अभाव खेप्नु परेन । सानै देखि दाई पढाईमा मिहिनेती भएको हुँदा दाईको पढाईलाई पनि केही असर परेन् । त्यसरी नै हाम्रो दिन वित्दै गयो अर्को बर्ष पनि आठ कक्षाको परिक्षा दिएर फेरी भारत काम गर्न जानुभयो । मैले पनि गाई बाख्रा हेर्ने गरे त्यसरी नै त्यो बर्खा वित्यो । कार्तिक महिनाको पहिलो साताकोे कुरा हो । करिब राती नौं बजेको थियो होला । म सुती सकेको थिए । विहानको लागि तरकारी बनाउने करेला टिप्ट आमा बारीमा जानुभएछ त्यहीबाट लोटर आमा व्यहोस हुनु भएछ ।
त्यो सबै मलाई थाहा भएन केही समयपछि आमाको आफै होसमा आउनु भएछ र सोच्नु भएछ अब म घरमा जानुपर्छ घर पुगेपछि छोराले मलाई बचाँउछ । त्यसपछि आमा घर भित्र आउनु आएर मेरो सिरानीमा बसेर पानी पानी भन्दै हुनुरहेछ विस्तारै म विउँझिय त्यती बेला सम्म आमाको मुखमा रगत जमिसकेको रहेछ ।
आमाले एक हातमा टर्च समाउनु भएको थियो अर्को हातले करेलाको झारी समाउनु भएको थियो त्यती बेला सम्म आमा बोल्न नसक्ने अवस्था पुगिसक्नु भएको थियो । मैले हतार हतार गर्दै पानी तताए र आमाको मुख सबै सफा गरे विस्तारै आमाले पानी पिउनु भयो । विस्तारै भन्नुभयो म मरे भने कहाँ जान्छस् ? आमाको त्यो प्रश्नसंगै मेरो आँखाबाट बरवर आँसु खस्न थाले तर पनि आमालाई केही हुँदैन तपाईलाई म छु भन्दै हौसला दिन थाले तल माथीका छिमेकीहरुलाई पनि कराए तर कसैले पनि सुनेन् ।
आमा अचेत अवस्थामा मेरो काखमा सुत्नु भयो त्यसपछि बोलाउन पनि छोड्नु भयो । मृत्युसंग लाडिरहेकी आमालाई काखमा राखी त्यो रात विताए करिब विहानको तीन बजेको थियो म आमाह लोटेको ठाउँमा गएर हेरे ठाउँ सजिलै थियो । तर पनि आमालाई कसरी त्यति धेरै चोट लाग्यो भनेर म अच्चम परे । त्यस पछि त्यही घरको वरपर गएर जडिबडिहरु खोजेर ल्याए । त्यतिवेला सम्म आमा अचेत अबस्था हुनुहुन्थ्यो पछि त्यो सबै जडिबुडिको औषधी ति घाउँहरुमा लगाए केही तापोपानीमा हाले खुवाए । केही समय पछि विस्तारै आमा होसमा आउँनु भयो ।
अलिअलि कुरा गर्न थाल्नु भयो । विहानै उठे आमालाई तातोपानी तताए अनि गाई बाख्रलाई बाहिर बाने अनि ठुला दाईलाई बोलाउन गए । उहाँ हुनु रहेन्छ आमालाई घर भित्रै छोडेर म मामा घर गए मामा माईजु बज्यै सबैलाई बोलाएर आएँ । त्यसपछि उहाँहरुले पनि त्यही औषधीको प्रयोग गर्नु भयो । केही समय पछि आमा लोटेको ठाउँमा फेरी हेर्न गए राती अध्यारोमा एउटा काठले जिप्ट्यार लोट्नु भएको रहेछ ।
लोटेर तल गएपछि छिमेकीको घरको बान्नाहरुमा ठोकिएर उहाँको टाउँकोमा चोट लागेका थियो । केही समय पछि मामाहरुले गाउँका एक जना डाक्टर दाईलाई बोलाउनु भयो उहाँले केही औषधी दिनु भयो । त्यस पछि मामाहरु पनि साँझ आउँछौ भनेर आफ्नो घरमा जानुभयो । बज्यै र म त्यहीँ बसियौं केही समय पछि गाउँका सबै मान्छेहरुले आमालाई चोट लागेको कुरा थाहा पाए र कस्तो भन्दै आए विस्तारै मेरा छिमेकीहरु लाजले होकी किन कस्तो भनेर सोध्न आए ।
म कसैसंग केही बोलिन आउने मान्छेहरुले बज्यैसंग कुरा गथ्र्ये मलाई कसैसंग बोल्न मन थिएन । आमाको अबस्था देखेर मन भारी भएको थियो घरमा कोही छैनन् आमालाई केही भयो भने पनि म एउटा सानो मान्छेले के गर्ने होला भन्ने ठुलो चिन्ता लागिरहेको थियो । दिनमा गाई बाख्रालााई पानी खुईवाए घाँस काटेर हालिदिए । वेलुका अधेरो कोटमा एउटा टर्चको भरमा रात विताउनु पथ्र्यो झन यो वेला आमाको अवस्था पनि नाजुक हुँदै गएको थियो । त्यही वेला एउटा सोच गरे मैले जसरी भएपनि वेलुका मेरो घरमा उज्यालोको व्यवस्था गर्नुपर्छ । त्यही सोच बोकी वरपर गर्दै थिए । मैले एउटा नोकिया मोवाल सेटको ब्याट्रि पाए र विग्रेको लिप्लाईको बल्बहरु निकालेर एउटा नयाँ विधिबाट ती बल्बहरुलाई बाल्न बनाए । दिन भरी सोलरको पातोबाट चार्ज लगाए । साँझ हुँदै थियो आमालाई झन अप्ठेरो हुँदै थियो । त्यति वेला सम्म मैले केही खाएको थिईन । आमालाई तातो पानी तताए र बज्यैलाई यहाँ बस्नुहोस् भने ।
त्यसपछि गाई बाख्रालाई घाँस हाल्दै थिए । घरमा एउटा भखरैको गोरु घाँस हाल्दालार्इृ निउरी रहेको थिए त्यसले आफ्नो मुखले मेरो टाउकोमा रिङ्गगाड लाग्ने गरी हान्यो दुई हातले टाउँका समाउँदै बारीको छेउमा बसे दिनभरी खालीपेटसंगै बसेको थिए भोग लागे जस्तो भईरहेको थियो । तर आमा विरामी हुनुन्छ खाना कसले बनाईदिन्छर खाने भन्ने सोचे र कसैलाई केही नभनी भित्र गए त्यो बल्बहरु जोडेर घरभरी उज्यालो भयो त्यो देखेर आमा खुसी हुँदै आँखाबाट आँसु झार्नु भयो बज्यैले मलाई सोध्नु भयो कहाँ बाट ल्याई तँईले यो उज्यालो भन्नु भयो मैले आफै बनाउको हुँ भने आमाले अलिअलि मुस्कुराउनु भयो त्यसपछि म केही बोलीन आमाको लागि औषधी तताउँदै दिए । एक जना भाउँजुले मलाई बोलाउनु भयो र खाना खान बोलाउनु भयो त्यहीँ गएर खाए बज्यैलाई पनि रोटी ल्याए आएँ । बज्यै रोटी खाँदै हुनुहुन्थ्यो म आमालाई औषधी खुवाउँदै थिए । मामा माईजुहरु हतमा बत्ती आमाको लागि खान ल्याए आनु भयो ।
उहाँ आएको बेला घर उज्यालो थियो आमा विरामी भएको पीडा सबैलाई थियो तर पनि घरभित्र उज्यालो बलेको देखेर सबैजनामा अलिकति भएपनि मुस्कान देखियो । त्यो रात आमालाई निकै कठिनाई भयो । भोली पल्टपनि दिनभरी गाउँका मानिसहरु आउँदै जाँदै गथ्र्ये त्यसरी नै त्यो दिन पनि वित्यो । साँझ पाँच बजेको थियो मामा घरका जेठा दाईले फोन गर्नु भयो र हामी कालिमाटी आईपुगियौं भन्नु भयो मामाहरुले पनि आमा विरामी भएको कुरा भन्नु भयो । त्यतीवेला ग्रेनिको भिर काटिङ हुँदै थियो । त्यसैमा पनि उहाँहरु कालिमाटीबाट रातभरी हिनेर विहान चार बजेको थियो घरमा पुग्नुभयो । आमालाई त्यो दिन विरामीले धेरै सताएको थियो । दाईलाई देखर आमा झन रुन थाल्नु भयो । आमाको अवस्था देखेर दाईको पनि आँसु थामिएन ।
दाईपनि आमासंग आँसु झर्न थाल्नु भयो मामा माईजुहरुले सम्झाँदा पनि उहाँको आँसु रोकिएन । अन्त्यमा मईजुले दाईलाई थर्काउनु भयो भाईसंग हेर उसले एक्लै रात कसरी वितायो होला । अहिले कम्तीमा हामी छौं । उसको आँखामा कतै आँसु देखेका छौं ? भन्नु भयो त्यसपछि दाईले पनि आफ्नो चित्त बुझाँदै आँसु पुछ्नु भयो । भोली पल्टा धामी झाँक्री गरियौं उपचार पनि गरियौं त्यसपछि विस्तारै आमालाई पनि सन्चो हुदैँ गयो ।
तिहारको मुखमा नै आमा विरामी पर्नु भएको हुँदा मामाहरु पनि तिहारको दिन विहानै हातमा सप्तरङ्गगी टिका र सय पत्रिको माला बोकेर आउँनु भयो । टिका लगाउने क्रममा उहाँहरुको रुवावासी चल्यो । त्यो तिहार हाम्रा लागि खास भएन । विस्तारै केही महिना पछि आमालाई सन्चो भयो हामी पनि विद्यालय जान थालियौं । त्यही अर्को बर्ष मैना जेठादाईहरु पनि भारतबाट घर आउँनु भयो बर्ष हाम्रा लागि खुसीको बर्ष जस्तै भयो त्यसपछि आमालाई पनि केही सहज भयो ।
अर्को बर्ष दाई एस.ई.ई. दिएर फेरी भारत काम गर्न जानु भयो । केही समय पछि काम गर्ने क्रममा दाईको खुट्टामा चोट लाग्यो उहाँ केही दिन पछि नेपाल फर्किनु भयो । घरमा गए पछि आमाले चिन्ता मान्नु हुन्छ भन्ने सोचेर उहाँ जाजरकोट खलंगामा नै बस्नु भयो । केही समय पछि दाईलाई पनि सन्चो भयो । र दाईले विजय लक्ष्मी प्राविधिक शिक्षालय वीरेन्द्रनगर छिन्चु सुर्खेतमा कृषि जेटिए पढ्न थाल्नु भयो । त्यहीँ बर्षको दशैंमा दाईले विवाह गर्नु भयो त्यो बर्ष हाम्रो लागि दुःख सुख सबै जोडिएको थियो । त्यस पछि अहिले सम्मदाई आफ्नो पढाईमाम नै व्यस्त हुनुहुन्छ । म घरको कामसंगै आफ्नो पढाईमा व्यस्त भए । दाईको पनि एउटा छोरी भएकी छ । मृत्युको मुखबाट बचेर आमाले सुख नपाए पनि सन्तुष्टी पाउँनु भएको छ ।
जति दुःख गर्नुपरे पनि आफ्नो गाउँघरमा नै गरे तर अहिले सम्म अरुको देशमा गुलामी बन्न गएको छैन् । बरु अभावमा नै जीवन विताउँछु तर अपमान जीवन विताउँन कहिल्यै पनि खौज्दीन ।
म गरिबीको रापमा जल्दै हुर्केको मान्छे हुँ । अहिले त्यही दिनलाई सम्झँदै भविष्यलाई खोज्दै सहरको यात्रा गरेको छु । यात्राका बिचमा कतिपटक लोटे बाटो विराए । कतै गल्ति गरेपनि होला । तर यात्रामा कहिल्यै हार नखाई म निरन्तर अगाडी बडिरहेको छु ।
बुवाको निधन पछि विच्लीत भएको हाम्रो परिवारमा एक पछि अर्को हुँदै पीडाहरु थपिदै गए । विस्तारै अहिले सहपरिवा सबै एउटा खम्बा भझै भएको छ । आमहरु पनि मिलेर बस्नुभएको छ । दुःख सुख जे भए पनि दिदीहरु दाईहरु सबै जना सन्तुष्टि नै हुनुहुन्छ । हाम्रो परिवारमा अहिले सबै जना आफ्नो कर्ममा लागिरहनु भएको छ ।
















































। १७ पुष २०७८, शनिबार