विकृति र विसंगतिहरुको विरुद्ध विम्ब नेपाल स्काउट हुनुपर्ने : भण्डारी


के.बि अछुत
जुम्ला । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुका विरुद्ध बिम्वको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनुभयो ।

नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको आधारभुत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरुलाई तालिम दिँदै संयोजक भण्डारीले समाजका विकृति र विसंगति विरुद्धको विम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनुभएको हो ।

उहाँका अनुसार समाज परिवर्तनको वाहकको रुपमा नेपाल स्काउट नउभिए देश र समाजको परिवर्तन नहुने बताउनुभयो । संयोजक भण्डारीका अनुसार नेपाल स्काउटका सदस्यहरुले मानिसको सोच र चिन्तनमा परिवर्तन ल्याउनुपर्ने भन्दै यसका लागि युवा पुस्ता तयार हुनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार स्काउटले देशका हरेक कुनाको प्रतिनिधित्व हुने गरेर काम नगरे देशको विकास हुन नसक्ने बताउनुभयो । समाजका विकृति र विसंगतिहरु विरुद्धको बिम्बको रुपमा नेपाल स्काउट उभिनु पर्नेमा जोड दिनुभयो ।

सबल, सक्षम समाज निर्माण गर्नका लागि अब तपाईहरुको तहबाट राज्यले परिकल्पना गरेको छ । परिकल्पना गरेको चिज भनेको त्यहाँका बालबालिकाहरु, त्यहाँका जुनकुनै समुदायका मान्छेहरु, कुनै पनि समाजका सूचनाका हकबाट, तालिमको दृष्टिकोणबाट एउटा सबल नेतृत्व गर्नको लागि कुनै कुराले अभाव हुने छैन भन्ने महशुस गराउने गरी कर्णालीलाई परिवर्तन गर्नुपर्छ ।

संयोजक भण्डारीले कर्णाली प्रदेशसहित देशभरका ग्रामिण तहका विद्यालयमा पनि स्काउटको शिक्षा दिइरहेको र अझै त्यसलाई सशक्त ढंगले अघि बढाउनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया