नेपालमा पनि शून्य रुपैयाँको नोट


केही दिनअघि अनलाइनखबरमा ‘किन छापियो भारतमा शून्य रुपैयाँको नोट ?’ शीर्षकको समाचार छापिएको रहेछ । त्यो देखेर मलाई एउटा पुरानो ब्लग याद आयो । नेपालमा पनि यस्तै खालको शून्य रुपैयाँको नोट छापेर बबाल गरिएको थियो । त्यो सम्झिएर पुरानो ब्लग धूइँपत्ताल खोजेँ, भेट्न निकै गाह्रो प¥यो ।

सन् २०१२ को अप्रिल महिना उताका ब्लगहरु अर्काइभ गरेर छुट्टै सबडोमेनमा राखिएको थियो । तर अहिले ब्लगको प्राविधिक काम हेर्नेले बेवास्ता गरिदिँदा ती अर्काइभ खोज्दा नभेटिने बिजोग हुन पुग्या छ ।

तै पनि अनेक उपाय लगाएर खोज्दा बल्ल अर्कै ठाउँमा भेटियो । खासमा त्यो शून्य रुपैयाँको नोट सार्वजनिक गर्दा सानोतिनो ‘काण्ड’ नै मच्चिएको थियो । भारतमा जस्तै यहाँ पनि भ्रष्टाचार विरोधी अभियानकै रुपमा ती नोट छापिएका थिए । हेर्दा हजार रुपैयाँको जस्तो देखिने ती नोट राष्ट्र बैँकले नभएर प्रो पब्लिक नामको संस्थाले छापेको थियो ।

यो नोट रिपोर्टर्स क्लबमा सार्वजनिक गरिँदा रमाइलो काण्ड मच्चिएको थियो । पाँचौँ अन्तर्राष्ट्रिय भ्रष्टाचार दिवसको उपलक्ष्यमा सन् २००८ को डिसेम्बरमा आयोजित सो कार्यक्रममा भाग लिए बापत् भन्दै आयोजकले प्रमुख वक्ता तत्कालीन जलस्रोत मन्त्री विष्णुप्रसाद पौडेललाई भ्रष्टाचारको संकेत स्वरुप सुरुमै एक्कासी रु. एक हजारको जस्तै देखिने पाँचवटा यस्तै नोट दिँदा यो के गर्न खोजिएको हो भन्दै छक्क परेछन् ।

मन्त्रीलाई नोट दिएको दृश्य हेर्ने सब पत्रकार यत्रो पैसा किन दिएको भन्दै कानेखुशी गर्दै रहेछन् । मन्त्रीको मन्तव्यपछिको प्रश्नोत्तर कार्यक्रममा टाढाबाट हेर्दा एक हजार जस्तै देखिने शून्य रुपियाँ लेखिएको नोटको बिटो बोकेर आयोजक पक्षले स्तरीय प्रश्न राखेलाई रु.एक हजार उपहार दिने घोषणा गरे ।

अनि प्रश्नकर्तालाई बिटोबाट भटाभट रकम वितरण गर्न थाल्दा पत्रकारहरुले मन्त्री तथा भष्टाचार विरोधी अभियानकर्ताका माझ त्यति ठूलो रकम दिई पत्रकारलाई किन्ने र आफ्नो प्रभावमा पार्ने कार्य तत्काल रोकियोस् भनेर आवाज उठाउन थाले ।

वितरित नोटसम्बन्धी खास कुरा जानकारी पाएपछि मन्त्री पौडेलसहित मञ्चका वक्ता तथा दर्शक दीर्घामा रहेका पत्रकार हाँसिरहे पनि सार्वजनिक समारोहबीच रकम बाँडी पत्रकारलाई बेइज्जत नगर्न पछिल्लो दीर्घामा रहेका पत्रकारहरुले विरोध जनाएका थिए ।

कार्यक्रममा केही गैर पत्रकारहरुले भने कनीकुथी प्रश्न सोध्दै रु. एक हजार लिन तम्सिरहेका थिए। हजार रुपैयाँको जस्तो देखिने राजा वीरेन्द्रको फोटो रहेको त्यो शून्य रुपैयाँको नोटमा घुस नदिने र नलिने कसम खाऔँ लेखिएको थियो ।

हामीकहाँ एक रुपैयाँदेखि एक हजार रुपैयाँसम्मका नोट चलनचल्तीमा छन् । छिमेकी मुलुक भारतमा भने एकदेखि दुई हजार भारुसम्मको नोट प्रचलनमा छ । तर कुनै समय भारतमा शून्य रुपैयाँको नोट पनि छापिएको थियो । आखिर कुनै मूल्य नै नभएको शून्य भारुको नोट किन छापियो त ?

उक्त शून्य भारुको नोटमा पनि भारतका राष्ट्रपिता महात्मा गान्धीको तस्वीर छापिएको थियो । उक्त शूनयको नोट दुरुस्तै अन्य आम प्रचलनका नोट जस्तै थियो । तर फरक के थियो भने उक्त नोट रिजर्भ बैंक अफ इण्डियाले छापेको थिएन । त्यस नोटलाई भ्र,ष्टाचार विरु,द्धको अभियानका रुपमा छपाइ गरिएको थियो ।

शून्य भारुको नोट छाप्ने अवधारणा दक्षिण भारतको एक गैरसरकारी संस्थाको थियो । सन् २००७ मा भ्रष्टाचारको विरु,द्धमो उक्त नोटलाई हति,यारको रुपमा सुरु गरिएको थियो । तमिलनाडुमा काम गर्ने उक्त गैरसरकारी संस्थाले करीब पाँच लाख वटा शून्य भारुका नोट छापेको थियो । उक्त नोट हिन्दी, तेलुगु, कन्नड तथा मलायम गरी चार भाषामा छापेर मानिसहरू लाई बाँडिएको थियो ।

नोटमा भ्र,ष्टचारविरुद्ध भ्रष्टाचार समाप्त पारौँ, यदि कसैले घुस माग्यो भने यिनै नोट दिनुस् र उक्त घ,टना हामीलाई बताउनुहोस् आदि विभिन्न सन्देशहरू लेखिएको थियो ।

नोटमा महात्मा गान्धीको तस्वीर र त्यसमुनि नोट छाप्ने एनजीओको इमेल ठेगानासमेत दिइएको थियो । उक्त गैरसरकारी संस्थाका अभियानकर्मीहरूले नै पनि शून्य भारुका नोटहरू ,घुस माग्ने कर्मचारीलाई दिने गरेका थिए । जसका कारण शून्य भारुको नोट भ्रष्टाचारको विरुद्धमा एक प्रतीक बनेको थियो ।
ए वान समाचार बाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया