जुम्लाका बालबालिकालाइ मोर्डना खोप लगाइदै

गणेश रावत,
जुम्ला । जुम्लामा सञ्चालित ट्युसन सेन्टरमा अध्यायनरत बालबालिकालाई मोर्डना खोप लगाइने भएको छ । विश्वभर फैलिएको कोविड १९ अर्थात कोरोना भाइरससंक्रमणबाट बच्नका लागि ट्युसन सेन्टरमा अध्ययरत बालबालिकालाई खोप लगाईने भएको हो ।

जुम्लामा हिँदको महिना अत्याधिक चिसो हुने भएकाले विद्यालयहरु हिउँदे बिदाका कारण बन्द भएका छन् । विद्यालयहरु बन्दा हुँदा जुम्ला सदरमुकाम खलंगामा ट्युसन सेन्टर सँञ्चाल हुने गर्छन् । जुम्लामा अहिले सञ्चालित पाँच ट्युसन सेन्टरमा अध्ययनरत १२ देखि १७ वर्ष ११ महिना २९ दिनका १८ वर्ष मुनिका बालबालिकालाई पहिलो डोज मोर्डना खोप लगाइने भएको छ ।

ट्युसन सेन्टरमा अध्ययनरत बालबालिका सहित विद्यालय क्षेत्रभन्दा बाहिर रहेका सबै बालबालिकालाई अनिवार्य आगामी पुस २४ गतेसम्म मोर्डना खोप लगाउने निर्णय गरेको चन्दनाथ नगरपालिका स्वास्थ्य शाखाले बताएको छ । जुम्लामा पाँच हजार ८६९ बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् ।

जुम्लाका २० हजार बालबालिकालाई कोभिड–१९ विरुद्धको मोर्डना खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । जिल्लाको एक नगरपालिका सहित सातवटा गाउँपालिका भरका २० हजार बालबालिकालाई मोर्डना खोप लगाउन थालिएको कार्यालय प्रमुख सापकोटाको भनाई रहेको छ ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका तीन हजार ८ सय बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य नगरपालिकाको स्वास्थ्य शाखाले लिएको छ । हालसम्म दुई हजार दुई सय ३२ बालबालिकालाई मोर्डना खोप लगाइ सकिएको समेत महताके भनाई रहेको छ । अहिले खोप कार्यक्रम जारी छ ।

तपाईको प्रतिक्रिया