बहुमुल्य पत्थर काइनाइट सहित मिनिट्रक चालक पक्राउ

खलंगा । बहुमुल्य पत्थर काइनाइट सहित मिनिट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । जुनीचाँदे गाउँपालिका ११ मेसुबाट सुर्खेत तर्फ जाँदै गरेको भे.१ ख १५३७ नम्बरको मिनिट्रकका चालक जुनीचाँदे ११ का २७ बर्षिय विनोद टमटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरी चौकी छेडाचौरको टोलीले सुर्खेत नेपालगञ्ज जाने सवारी साधन चेक जाँच गर्ने क्रममा उक्त मिनिट्रकको पछाडि २४ वटा वोरामा अवैध १३ क्विन्टल २० केजी काइनाइट पत्थर लुकाई ल्याएको अवस्थामा फेला पारी काइनाइट पत्थर र मिनिट्रक रितपूर्वक बरामद गरी आवश्यक कारबाहीका लागि खानी तथा भुगर्व विभाग अन्तर्गत भुकम्प मापन केन्द्र वीरेन्द्रनगर सुर्खेतमा पठाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया