मुक्तक : ‘श्रीमति देखिन्’


तिमी जुन म घाम यस्तै भयो जीवन
चाहेर पनि हुदैन घरजाम यस्तै भयो जीवन

आमाले घर छोडेर गइन,सानैमा बा बितेपछि,

पढाईमा लाग्यो पूर्णविराम यस्तै भयो जीवन ।

मुक्तक

उस्तै बाँझो जमिन,भने जस्तै प्रगति देखिन्
खाडीमा पसिना बेचेको एक सम्पत्ती देखिन्
पैसा कमाउछु भनेर हिडेको हुँ देश छोडेर प्रदेश,
घर फर्कदा बुढा बाआमा देखे श्रीमती देखिन् ।

पुष्कर पराग चन्द
भेरी नगरपालिका ५ छिप्रेना, जाजरकोट

तपाईको प्रतिक्रिया