जाजरकोटका एक युवक भारतको व्यङलोरमा बेपत्ता


खलंगा । जाजरकोटका एक यूवक भारतको व्यङलोरमा वेपत्ता भएका छन् । भेरी नगरपालिका १३ का अन्दाजी ३५ बर्षिय डम्बर खत्री वेपत्ता परेका हुन् । दिनभर काम गरेर बेलुका घरमा आएर बाथरुम जान्छु भन्दै हिडेका खत्री चार दिन देखि सम्पर्कमा नआएको उनका भाई गणेश खत्रीले जानकारी दिए ।

उनको खोजतलासको लागि सामाजिक संजाल फेसबुक मार्फत अनुरोध गरेका छन् । सुन्तला कलरको टिसर्ट र गाडा हरियो पाइन्ट लगाएका खत्रीलाई भेटाउनुहुने महानुभावले नजिकैको प्रहरी चौका वा उनका भाई गणेश खत्रीलाई ९१४८४३३५३० मा सम्पर्क गरिदिन अनुरोध गरिन्छ ।

तपाईको प्रतिक्रिया