अखिल (क्रान्तिकारी) को समर्थनमा काठमाण्डौ मेडिकल कलेजमा तालाबन्दी


काठमाण्डौं । काठमाण्डौ मेडिकल कलेजमा विद्यार्थीले तालाबन्दी गरेका छन । चिकात्सा शिक्षा आयोगले उपत्यकामा एमविविएस र विडिएसका विद्यार्थीलाई तोकोको भन्दा बढी रकम तिर्न उर्दी जारी गरेपछि विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठनको समर्थनमा विद्यार्थीले अनिश्चितकालिन तालाबन्दी गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा काठमाण्डौ विश्वविद्यालय इन्चार्ज महेश अधिकारीले जानकारी दिए ।

चिकात्सा शिक्षा आयोगले उपत्यकामा एमविविएस र विडिएसका विद्यार्थीलाई तोकोको रकम ४०,२३,२५० हो र सो भन्दा २० लाख रूपैयाँ बढी तिर्न अभिभावक र विद्यार्थीलाई मेडिकल कलेजले उर्दि जारी गरेको छ ।

त्यस्तै विडिएसका विद्यार्थीलाई पनि ६ लाख वढी रकम तिर्न सुचना जारी गरेको छ । विभिन्न बहाना, शर्त तेर्साएर सो रकम तिर्न दबाद दिएको पाइएको छ । सो रकम कुनैपनि हालतमा नतिर्ने भन्दै एमविविएस र विडिएसका आन्दोलित भएर तालाबन्दी गरेको बताइएको छ ।

आन्दोलित विद्यार्थीले निम्न मागहरू गरेका छनः

१) कलेजले भविष्यमा आयोगले तोकियको बाहेक अन्य शुल्क लिने छैन भनेर लिखित प्रतिबद्धता दिनुपर्ने ।

२) करारनामाको नाममा विद्यार्थीहरुलाई अनावश्यक दबाब दिन नपाइने ।

३) छात्रावास अनिवार्य गराएर एउटा कोठाको केवल लजिङ्को लागि २४,००० र त्यो पनि मंसिर १९ गतेबाट गणना गरिने कुरा छ । साथै वार्षिक ५% को दरले होस्टेल शुल्क छात्रावास शुल्क बढाउने कुरा छ । यसरी यस्ता बुदाका नाममा हामी विद्यार्थिलाई लुट्ने कुरा हामीलाई कदापी मान्य हुने छैन । अनि ऐच्छिक छात्रावास को व्यवस्था गर्न हामी जोडदार माग गर्दछौ।

४) शिक्षण शुल्कमा लाग्ने कर हामी विद्याथीले तिर्नुपर्ने भन्ने दोधारे कुरा राखेर करारनामामा हस्ताक्षर गराउने कुरा कदापी मान्य हुने छैन ।

५) शिक्षण शुल्कमा भर्ना, परीक्षा, सामुदायिक तालिम लगायत सबै शिक्षणका लागि आवश्यक पर्ने शुल्कहरू पर्छ । र यसका साथै आयोगले निकालेको सूचनाहरू अनुसार चिकित्सा शिक्षा ऐन, २०७५ ले निर्दिष्ट गरेको शिक्षण शुल्क बाहेकका अन्य सबै – शुल्क ऐच्छिक हुन् । तर यस्ता ऐन तथा कानुनहरुको प्रवाह नगरी लिन खोजे का अतिरिक्त शुल्कहरु लिन खोजिएका अतिरिक्त शुल्क हरू हामी तिर्न बाध्य छैनौ र त्यस्ता शुल्कहरु ऐन सङ्गत पनि नभएकोले अविलम्व खारेज गरियोस । KU Registration, KU Exam Affiliation ,Internship, Community posting, forensic Medicine Posting, Field Visit Fee.

६) Hostel अनिवार्य, मेष अनिवार्य र फेरी Mess मा पनि VAT लाउने कुरा हामीलाई कदापी मान्य हुने छैन ।

७) अध्ययन अवधी भर विद्यार्थीले गर्नुपने उपचार र स्वास्थ्य जाच जस्ता कुराहरुमा ९० प्रतिशत सम्म छुटको व्यवस्था गर्न मा ग गर्दछौ।

८) कलेजले अध्ययन अवधीभर हामी विद्यार्थीलाई, अतिरिक्त शुल्क का साथै अन्य अन्यायपूर्ण कामहरू गर्न खोजेमा हामी त्यसको विरुद्ध निस्फिक्री रूपमा त्यसको विरोध गर्ने छौं ।

९) अध्ययन अवधी भरमा भवितव्य भई विद्यार्थीको स्वास्थ्यमा खलल परेर पढन नसक्ने भएमा र अझै मृत्यु हुन गएमा विद्यार्थी ने सम्पूर्ण अवधिको पूरा शुल्क फिर्ता हुने छैन भन्ने जस्ता हास्यास्पद शर्तहरू हामी मान्न तयार छैनौ । त्यसको घोर विरोध गर्दै त्यस्ता बुँदाहरू तत्काल खारेज गर्न माग गर्दछौँ ।

१०) कलेजले आयोगका निर्णयहरू अविलम्व मान्न र शान्त र ऐन सङ्गत तरीकाबाट हामीले अध्ययन गर्न पाउने अधिकार को सुनिश्चित गर्नु सबै सम्बन्धित निकायहरूको कर्तव्य हो । त्यसैले हाम्रा मागहरु अविलम्ब पुरा गरी हाम्रो भविष्य हामीलाई ऐनले तोकेको शुल्कमा पढ्ने वातावरणको व्यवस्था गर्न जोडदार माग गर्दछौ ।

तपाईको प्रतिक्रिया