
जाजरकोट । जाजरकोटमा सञ्चालित सहकर्मी समाजले सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सदरमुकाम स्थित रम्बा होटेलको हलमा जिल्ला स्तरीय सल्लाहकार समितिको वैठक तथा सामाजिक लेखा परिक्षण सम्पन्न गरेको हो ।

सहकर्मी समाज जाजरकोटका शुसासन तथा वकालत अधिृकत कृष्णप्रसाद अधिकारीले सहकर्मी समाज जाजरकोटले एक बर्षमा गरेका उलब्धीहरुलाई सहभागिका वीचमा प्रस्तुत गरेका थिए । यूवा, सुशासन, पारदर्शिता, उद्यमशिलता, जवाफदेहिता, टोल विकास संस्थामा गरी २५ वटा मुख्य कामहरु सहकर्मी समाजले एक बर्षमा गरेको छ ।
जिल्ला भेरी, छेडागाड नगरपालिका, शिवालय र जुनीचाँदे गाउँपालिकामा सञ्चालित सहकर्मी समाजले ४१ जनालाई सिलाई मेसिन,इन्टरलक, जस्तापाता, जाली, कुखुरापालनका सामग्री, तरकारी खेतीका सामग्री, बाख्रापालनका सामग्री दिएको अधिकारीले जानकारी दिए । संस्थाका यहाँ ९४ समुहहरु क्रियाशिल रहेका छन् ।
समाजका मानिसमा चेतना भर्ने, घर, टोल समाजको विकास गर्ने, आफ्नो काम आफै गर्ने, आत्मनिर्भर बनाउन संस्थाले महत्वपूर्ण भुमिका खेलेको शिवालय गाउँपालिकाकी मनिसा बुढाले बताईन् । उनले भनिन्, ‘पहिले महिलाहरु बोल्न सक्ने थिएनन्, आफ्नो अधिकार खोज्ने, महिलाका अधिकार खोज्ने सम्म भएका छौं ।’
















































। ३ पुष २०७८, शनिबार