खलंगा । जिल्लाको छेडागाड नगरपालिका १२ का वडाध्यक्ष प्रेम खत्रीले पीडितले पैसा पाईसकेको बताएका छन् । एक अनलाईन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति घोर आपत्ती समेत प्रकट गरेका छन् ।
पीडितको नाममा आएको ५० हजार पैसा खाएको भन्ने समाचारमा कुनै सत्यता नभएको बताए । वडाध्यक्ष खत्रीले हाम्रो पहुँच डटकम संग कुराकानी गर्दै, अव चुनाव आउन लागेको छ, राजनीतिक प्रतिशोध साध्ने उद्धेश्यले गलत समाचार प्रकाशित भएको आरोप लगाए ।

उनले भने, ‘पीडित परिवारले पैसा लिईसेका छन्, पीडित परिवारलाई नगर कार्यपालिकाको बैठकले राहत रकम १ लाख दिने निर्णय गरेको थियो सोही वापतको पैसा पीडितले पाईसकेका छन् ।’ तर गलत कुरालाई राजनीतिक मुद्धा बनाई प्रकाशित समाचारप्रति घोर भत्सर्ना गर्दछु ।
यस्तै, पीडित परिवारले समेत पैसा लिईसकेको बताएका छन् ।

पैसा वुझेको भरपाई देखाउँदै पीडित परिवार
पुस १ गते विहीबार विहान ध्यानाकर्षण सम्बन्धमा शीर्षकको एक विज्ञप्ती जारी गर्दै पैसा बुझिसकेको बताएका छन् । विज्ञप्तीमा भनिएको छ ।
प्रस्तुत विषयमा जाजरकोट जिल्ला छेडागाड नगरपालिका १२ बस्ने गोपाल बुढाको छोरा गणेश विसीको मिति २०७८ वैशाख १६ गते शिवालय गाउँपालिका वडा नं १ मा चट्यांगका कारण मृत्यू भई सोही विसीको मृत्यू पश्चात वडा नं १२ का वडाध्यक्ष श्री प्रेमबहादुर खत्रीको पहलमा प्रदेश सरकार उपलब्ध गराएको रु २ लाख बुझिसकेको र छेडागाड नगरपालिका बाट उपलब्ध भएको रु १ लाख म गणेश विसीको वुवा गोपाल बुढाले १२ नं वडा वडाध्यक्ष बाट रु ५० हजार बुझेको थिए र बाँकी ५० हजार रुपैँया मृतकको अंकल म नविन बुढाले बुझेका थिए । हामीले उक्त रकम बुझिसकेको कुरा सत्य साँचो हुँदा हुँदै हामी दुवै दाजुभाईलाई रोवरमा नराखी नबुझि केही गलत मिडियाका कुपत्रकार र केहि राजनैतिक दलका नेता कार्यकर्ताले नियतबस र योजनाबद्ध तरिकाले वडा नं. १२ का वडा अध्यक्षलाई फसाई हामी विचको असल कुशल मित्रता र सम्बन्धलाई कम्जोर साँधै हाम्रो चरित्रहत्या गर्ने उदेश्यमा लेखिएका गलत र मिध्या समाचार र फेसबुक पोष्ट साँधै विभिन्न किसिमका मोवाईल नम्बरबाट फोन गरी हामीलाई मानसिक टचर हुने गरी गरिएका सम्पुर्ण क्रियाकलाप प्रति हाम्रो घर परिवारको ध्यानार्कषण भएको छ । आजको मिती देखि अनलाईन समाचार फेसबुक पोष्ट हटाई विभिन्न नयाँ नम्वरबाट फोन नगरिदिनु हुन हाम्रो घर परिवामा अनुरोध गर्न चाहान्छौ । उक्त राहातको बिषयमा सहयोग नगरी हाम्रो परिवारलाई दुःखको घडीमा सहयोग गर्नुहुने व्यक्ति बिच विवाद गराउने उद्देश्यले प्रकाशित समाचार प्रति हाम्रो घोर आपत्ती रहेको कुरा जानकारी गराउँदै यस्ता विभिन्न किसिमका गलत समाचर प्रति सचेत रहन सबै जनमासमा अनुरोध गर्न चाहान्छौं ।
बुवाः गोपाल बुढा
आमाः कालिका बुढा
अंकलः सविन बुढा

वडाध्यक्षले पीडित परिवारलाई पैसा बुझाईरहेको भन्दै अखिल क्रान्तिकारीद्धारा जारी विज्ञप्ती

















































। १ पुष २०७८, बिहीबार