मंसिर महिनामा विवाह किन गरिन्छ ?


खलंगा । परम्परागत चलनका रुपमा बैशाख, असोज, मंसिर फागुण महिनामा सबै भन्दा बढी विवाह गरिन्छ ।

जिल्लाको बारेकोट गाउँपालिका २ का स्थानीय जस्वीर नेपाली अहिले ७८ बर्षका भए उनी भन्छन् परम्परागत र धार्मिक प्रचलनका रुपमा बैशाख, आसोज, मंसिर, फागुन महिनामा विवाहको साहीत उपयुक्त रहेको भनिन्छ । आफुले स्मरण गर्नसक्ने समय देखि यताको तुलनामा सबै भन्दा बढी मंसिर महिना विवाह गरेको देख्छु ।

धार्मिक प्रचलनका रुपमा पनि विवाह लागि उपयुक्त साहीत भएको महिनाका रुपमा मंसिर महिनालाई लिईन्छ । ग्रामिण भेगमा हुने विवाहहरुमा ख्याली, पैंसेरी, सिङ्गगारु, खाँडो, डेउडा जस्ता थुप्रै नाँचहरु नाचिने प्रचलन रहेको छ । पछिल्लो समयमा पनि उत्तिकै विवाह हुने गरे पनि लोक सांस्कृतिका रुपमा रहेको ख्याली, पैंसेरी, सिङ्गगारु, खाँडो, डेउडा जस्ता नाँचहरु कमै मात्रमा नाँचिन्छ ।

यस्तै, बारेकोट गाउँपालिका २ स्थानीय धनजीत नेपाली हाँसोब्याँङ्गगेका साथ भन्छन् पछिल्लो समयमा धार्मिक प्रचलनको विश्वासले भन्दा पनि पौष, माघ महिनामा हुने चिसोको एक्लै सामाना गर्न कठिन हुदाँ धेरै जोडिहरुले मंसिर महिना विवाह गर्छन । मंसिर महिनामा विवाह गरिनु वास्तविक रहस्य त्यो हाईन, विवाहलाई विभिन्न प्रकारका लोक बाजा, लोक सांस्कृतिहरु मानोरञ्नात्मक बनाउने हुन्छन् । विवाह हेर्न बृद्धाबृद्धि बालबालिका अपाङ्गगा व्यक्ति पनि आउँने हुदाँ मंसिर महिनाको खुल्ला वातावरणमा विवाह व्रत गरिन्छ ।

यस्तै, बारेकोट गाउँपालिका २ का स्थानीय धर्मशिला नेपाली भन्छीन् मंसिर महिना स्थानीयहरुका लागि केही फुर्सतको समय हो । कार्तिक महिनाको अन्त्यसँगै खेतवारी, पाखापखेरा, मेलाको काम सकिने हुुदाँ स्थानीयहरुका लागि यो समय केही फुर्सको समय हुन्छ ।

फुर्सको समयको सदुपयोग र परम्परा देखि चल्दै आएको प्रचलनको संरक्षण गर्दै स्थानीयहरु मानोरञ्जन पनि यस महिना धेरै संख्यामा विवाह व्रत हुने गर्दछन् । विवाह व्रत बैशाख, मंसिर, फागुण, महिनामा सबै भन्दा बढी हुने गरेको बताउँछीन् ।

आधुनिकताको परिवेशसंगै पछिल्लो समयमा विवाह व्रतमा नाँचिने ख्याली, पैंसेरी, सिङ्गगारु, खाँडो, डेउडा जस्ता नाँचहरु लोप हुँदै गएका छन् । विवाहमा दोहोरी खेल्ने चलन पनि हराउँदै गएको छ । स्थानीयहरुले अझै वैशाख, मंसिर, फागुण महिनामा विवाह गरिनुको मुख्य रहस्य केहो भनि बुझ्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया