माओवादी केन्द्र कर्णाली प्रदेशको वरिष्ठ उपाध्यक्षमा सिंहको दावी

No photo description available.
खलंगा । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको वरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद सिंहले दावी गरेका छन् ।

बुधबार बसेको प्रदेश कमिटीको पहिलो वैठकले कर्णालीको अध्यक्षमा रुकुम बाट विमला केसी बनेपछि जाजरकोटले वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने माग सहित सिंहले दावी गरेका हुन् । माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलन बाट नयाँ नेतृत्व चयन भईरहेको छ ।

२ सय ११ प्रदेश कमिटी निर्माण भएपछि प्रदेश कमिटीले नयाँ पदाधिकारी चुनिरहेका छन् । जनयूद्धको आधार इलाका समेत भएको नलगाड नगरपालिका जाजकोटमा जन्मिएका सिंह जाजरकोटी जनताका लोकप्रिय नेताका रुपमा परिचित छन् । कर्णाली प्रदेश सभा सदस्य रहेका सिंह, प्राकृतिक श्रोत तथा साधन समितिका अध्यक्ष समेत हुन् ।

आफुले कर्णालीको वरिष्ठ उपाध्यक्ष पाएमा पार्टीलाई जनताका वीचमा लोकप्रिय बनाउने, कर्णाली नै माओवादीमय बनाउन ठुलो भुमिका खेल्ने समेत सिंहले बताए । कर्णाली प्रदेश सरकारमा मन्त्रीको समेत लाईनमा रहेका छन् ।

जनयूद्धकाल देखि नै पार्टीमा सक्रिय रुपमा लागिरहेका छन् । हाम्रो पहुँच डटकम संग कुराकानी गर्दै सिंहले आफुले कर्णाली प्रदेशको वरिष्ठ उपाध्यक्षका लागि दावी प्रस्तुत गरेको बताए ।

तपाईको प्रतिक्रिया