
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले आफ्नो दरिद्र राजनैतिक चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् ।
बुधबार ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने अभिव्यक्ति दिएपछि बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डले पाँच बुँदे सहमति प्रमाणित गर्न चुनौति दिएका छन् । प्रमाणित गर्न नसके ओलीले आफूसँग माफी माग्न समेत चुनौति दिए ।
केपी ओली झुट, बेइमान र धोकाको अर्काे नाम भएको प्रचण्डको भनाई छ । आजको पूँजीवादको चरीत्रबारे आफूले गरेको विष्लेषण सही रहेको दाबी गर्दै प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफू र आफ्नो पार्टी लगानीकर्ताको हितमा रहेको स्पष्ट पारेका छन् ।

















































। १ पुष २०७८, बिहीबार