
खलंगा । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटिको अध्यक्षमा पूर्व मन्त्री विमला केसीलाई सर्वसहमत चयन गरिएको छ । चार दिन देखिको पार्टीको आन्तरिक गृहकार्यले केसीलाई अध्यक्षमा चयन गरेको हो ।
कर्णालीमा २ सय ११ प्रदेश कमिटी सदस्यको टुंगो लागेपछि उक्त प्रदेश कमिटीले केसीलाई अध्यक्षमा चुनेको हो । अन्य पदाधिकारीको आज नै टुंगो लाग्ने माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ ।
को हुन विमला केसी ?
२०४६ सालमै विद्यार्थी संगठनमा आवद्ध भएकी केसी २०४७ मा राप्ती ज्ञानोदय माविको मावी इकाई समितिको अध्यक्ष बनिन् । २०४६ सालको जनआन्दोलन र त्यसले गाउँ गाउँमा पुगेको सन्देशले अधिकार लिन विद्रोह नै उक्त विकल्प हो भन्ने उनमा छाप परेको थियो । विद्यार्थी संगठनमा जोडिएपछि आएको उत्साहले निरन्तर संगठन र पार्टीमा काम गर्ने जाँगर चलेको उनको बुझाई छ ।
विद्यार्थीमा जोडिएपछि उनी २०५० देखि २०५१ सालमा कलाकार बनेर गाउँ गाउँमा पुगि जनता जागरण अभियानमा जोडिन् । उक्त समयमा उनले महिला, विद्यार्थी र कलाकार संगठनको एकै पटक अध्यक्ष भएर भूमिका निर्वाह गरिन् ।
२०५१ सालमै पार्टीको सदस्यता लिएकी केसी २०५२ फागुन १ गते सुरु भएको जनयुद्धको पूर्णकालिन सदस्य बनिन् । त्यो भन्दा पहिल्यै उनलाई पार्टीले बैकल्पिक एसीएम अर्थात एरीया समिति सदस्य बनाएको थियो । पूर्णकालिन भएपछि उनले पार्टी र महिला संगठनमा सँगसँगै काम गरिन् । २०५३ मा पार्टीको एरिया सदस्य बनेकी उनी त्यही समयमा एरीया इन्चार्जको भूमिका पनि निर्वाह गरिन् ।
त्यस अघि उनले गाजस प्रमुख भएर पनि भूमिका निभाइ गरिसकेकी थिईन् । २०५७ उनलाई पार्टीले जिल्ला समिति सदस्य बनाएको थियो । उतिबे लै उनी माओवादी निकट महिला संगठनको अध्यक्ष थिईन् । त्यसपछि पार्टील बझाङमा खटाएको थियो ।
बझाङमा पार्टी अरु संगठन निर्माण गर्दागर्दै उनी महिला संगठनको केन्द्रीय सदस्य बनेकी थिईन् । २०५९ सालमा महिलाको केन्द्रीय सदस्य, पार्टीको विशेष क्षेत्रीय व्युरो सदस्य तथा महिला विशेष क्षेत्रको संयोजक बनेकी थिईन् । मगरात स्वायत्त क्षेत्र घोषणा भएपछि उनले महिलाको मगरात क्षेत्रको संयोजक बनेर भूमिका निर्वाह गरिन् । शान्ति प्रक्रियापछि २०६४ सालको संविधान सभाको निर्वाचनमा अर्घाखाँची खटेर काम गरेकी थिईन् ।
जतिबेला सह इन्चार्ज थिईन् । टोपबहादुर रायमाझी चुनाव लडेको जिल्लाको चुनावी कमाण्डर नै विमला केसी थिईन । २०६४ को संविधान सभामा उनी संविधान सभाको सदस्य बनिन् । त्यसपछि महिलाको केन्द्रीय कार्यालय सचिव पार्टीको महाधिवेशन आयोजक समिति सदस्य तथा पोलिटव्युरो हुँदै पार्टी एकतापछि फेरि उनी प्रदेश सदस्य बनेकी थिईन् ।
देश संघीयतामा गएपछि बनेको कर्णाली प्रदेश सरकारमा उनी सहभागी भईन् । भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा कर्णाली प्रदेश सरकारको प्रवक्ताको रुपमा केसीले काम गरिन् । उनले सम्हालेको मन्त्रालय हरेक वर्ष अन्य प्रदेशका भन्दा धेरै प्रतिशत कार्य सम्पादनमा अघि रह्यो । कर्णाली प्रदेशकै अरु मन्त्रालय भन्दा उनले सम्हालेको मन्त्रालयको वित्तिय तथा भौतिक प्रगती सधै माथी नै रह्यो ।
















































। २९ मंसिर २०७८, बुधबार