
खलंगा । जिल्लाको नलगाड नगरपालिकाको दल्लीमा १ सय १ जना मोतीबिन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गरिएको छ । गत मंसिर २० गते देखि २३ गते तीन दिनसम्म १ सय १ जना मोतिविन्दूका विरामीहरुको निशुल्क शल्यक्रिया गरिएको हो ।
नलगाड नगरपालिका–७ दल्लीमा नेपाल नेत्र ज्योती संघ सुर्खेत र नेपाल रेडक्रस सोसाईटीको संयुक्त आयोजनामा तीन दिने निशुल्क मोतीविन्दु शल्यक्रिया कार्यक्रम संचालन गरिएको थियो । तीन दिनसम्म संचालन गरिएको निशुल्क मोतिविन्दु शल्यक्रिया कार्यक्रममा १ सय १ जना मोतीविन्दुका विरामीहरुको आँखा अप्रशन गरिएको नेपाल नेत्र ज्योती संघ, सुर्खेतका प्रमुख मान बहादुर कुँवरले जानकारी दिए ।
उक्त कार्यक्रममा आँखामा मासु पलाएका ३ जना गरी १ सय ४ जनाको आँखा अप्रेशन गरिएको प्रमुख कुँवरले बताए । कार्यक्रममा १ सय ४ जनाको आँखा अप्रेशन गर्नुको साथै २ सय ३५ जनाको आँखा परीक्षण गरिएको प्रमुख कुँवरले जानकारी दिएका छन् । ६४ जना महिला रहेका छन् भने, ४० जना पूरुष रहेका छन् ।
















































। २७ मंसिर २०७८, सोमबार