कांग्रेस महाधिवेशन : मतदानका लागि ४ घण्टा समय थप

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदानको समय ४ घण्टा थप गरिएको छ । यसअघि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकामा ४ घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ । मतदानस्थल राष्ट्रियसभा गृह र भृकुटीमण्डप क्षेत्रमा मतदान अवधि थप गरिएको भनी माइकिङ गरिएको छ ।

यसअघि निर्वाचन समितिले विहान ८ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकेको थियो । तर दिउँसो साढे ११ बजेमात्र मतदान शुरु भएको थियो । अपरान्ह ५ बजेसम्म १९९३ जनाले मत खसालेका प्रचार समिति संयोजक सुरेश आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया