कांग्रेसको महाधिवेशन मतदान अपडेट : ४ बजेसम्ममा १३ सय १० मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी मतदानमा करिब मध्यान्ह ४ बजेसम्ममा १३ सय १० मत खसेको छ। यसमध्ये सभागृहको मतदानस्थलमा ५०० र प्रदर्शनिमार्गको स्थलमा ८१० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् भने चार हजार सात सय ४३ जनाले मतदान गर्दैछन् ।

बेलुकी ५ बजेसम्मका लागि मतदानको कार्यतालिका रहेको भए तापनि बिहान करिब ३ घण्टा ढिला मतदान सुरु भएकाले मतदान सकिँदासम्म राति हुने पक्कापक्की छ ।

तपाईको प्रतिक्रिया