
खलंगा । युवा समाजसेवी जयन्ती थापाले जाजरकोटका ३५ जना अविभावक विहिन अर्थात अनाथ वालवालिकाहरुका लागि खाद्य तथा पढाइ सामाग्री सहयोग गरेकी छिन् । जिल्लाको भेरी नगरपालिका वडा नम्वर ३ माथि थाप्ले स्थित नेपाल आमा अनाथ आश्रममा रहेका ३५ वालवालिकाहरुलाई युवा समाजसेवी जयन्तीले १५ हजार वरावरको खाद्य तथा पढाइ सहयोग सामाग्रीहरु दिएकी हुन् ।
विभिन्न कारणले आमा वुवा गुमाएर सहारा विहिन भएपछि थाप्ले स्थित नेपाल आमा अनाथ आश्रममा वसिरहेका ती वालवालिकाहरुका लागि यस अघि यस पटक पनि जयन्तीले सहयोग गरेकी थिइन् ।
आश्रममा रहेका वालवालिकाहरुले भोगिरहेको खाद्य समस्यालाइ जयन्तीले थोरै मात्रामा भएपनि समाधान गरिदिएकी छिन् । थापाले उपलव्ध गराएको उक्त खाद्य तथा पढाइ सहयोग सामाग्री शनिवार आश्रममा आयोजित एक कार्यक्रमका विच उनकै छोरी सुजन चन्द र वुवा धर्मवहादुर थापाले हस्तान्तरण गरेका छन् ।
जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटका सन्चालक एवम नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीको समुन्वय र व्यवस्थापनमा थापाका तर्पmवाट प्राप्त भएको २ सय १० केजी चामल, साढे ६ केजी दाल, २५केसी नुन, कापी, कलम, लगाएतका अन्य शैक्षिक सामाग्रीहरु आश्रमका सन्चालक माता नरिन्ताकुमारी शाह, आश्रमका अध्यक्ष सहदेवजंग शाह र वालवालिकाहरुलइ हस्तान्तरण गरिएको हो ।
यसै विच सोहि कार्यक्रममा आश्रमको लागि पटक पटक महत्वपुर्ण सहयोग गरेको भन्दै समाजसेवी जयन्ती थापालाइ आश्रमका तर्फवाट सम्मानपत्र समेत प्रदान गरिएको आश्रमद्धारा सन्चालित गुरुकुल विद्यालयकी अध्यक्ष सारदा हमालले वताइन् । उनले जयन्तीले आश्रमका वालवालिकाको खाद्य सुरक्षा र पढाइ सहयोगका लागि पटक पटक सहयोग गरेर ठुलो मानवीय कार्य गरेको भन्दै आफुहरुका तर्फवाट सम्मानपत्रले समानित गरेको वताइन् ।

जयन्तीलाइ आश्रम र जयन्चन्द्र मिडिया ग्रुप प्रालिको तर्फवाट प्रदान गरिएको सम्मान पत्र आश्रमका अध्यक्ष सहदेवजंग शाह र जयचन्द्र मिडिया प्रालिका सन्चालक जनक केसीले संयुक्त रुपमा उनकी छोरी सुजन चन्दलाइ हस्तान्तरण गरे । यस अघि पनि युवा समाजसेवी थापाले उक्त आश्रमका लागि खाद्य तथा पढाइ सहयोग सामाग्रीहरु विभिन्न समयमा दिदै आएकी छिन् ।
खाद्य तथा पढाइ सहयोग सामाग्रीहरु वितरण कार्यक्रममा वोल्दै जयन्तीकी छोरी सुजन चन्दले सहाराविहिन वालवालिकाहरुको सहयोगका लागि आफनी आमाले गरेको सहयोगले आफुलाइ सन्तुष्टि मिलेको वताइन् । दुखी र सहाराविहिनहरुलाइ साथ दिनु नै असली धर्म हो भन्ने आमा जयन्तीको सिद्धान्तले आफुलाइ निकै प्रभावित वनाएको वताइन् । यसै गरि जयन्तीका वुवा धर्मवहादुर थापाले छोरीले विपन्न र दुखीको सेवा गर्दै हिडेको कुराले निकै आनन्द मिलेको वताए ।

सात समुद्र पारि रहेर पनि आफनो देश र गाउँको मायाले ओतप्रोत भएकी छोरीको वुवा हुन पाएको निकै गर्वको अनुभुति भएको पनि उनले वताए । कार्यक्रममा जयचन्द्र मिडिया ग्रूप प्रालि जाजरकोटका सन्चालक एवम नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष जनक केसीले जाजरकोटका साहाराविहिन वालवालिकाहरुका लागि पटक पटक विभिन्न सहयोगहरु गर्दै आएकी जयन्ती सवैको प्रेरणाको श्रोत भएको वताए । उनले विपन्न वालवालिकाको पढाइमा सहयोग गर्ने, दुखमा परेकाहरुलाइ सक्दो मद्दत गर्ने र विपन्नहरुको संकट मोचनमा सक्रियता देखाउने काम गरेर धन भन्दा मन ठुलो भन्ने भनाइ प्रमाणित गरेको वताए ।
यस्तै कार्यक्रममा आश्रमकी सन्चालक माता नरिन्ताकुमारी शाहले जयन्तीको सहयोगले आश्रमका वालवालिकाको लागि ठुलो राहत मिलेको वताइन् । सात समुद्र पारि भएर पनि जाजरकोटका वालवालिकाको लागि ठुलो दिल देखाउने जयन्ती आफुहरुको लागि उर्जाको श्रोत वनेको पनि शाहले वताइन् ।

कार्यक्रममा आश्रमका अध्यक्ष सहदेवजंग शाहले जयन्तीको समाजसेवी भावना सवैको लागि प्रेरणा र उर्जाको श्रोत भएको वताए । आफनो आश्रमलाइ पटक पटक सहयोग गरेर ठुलो गुण लगाएको वताए । जयन्तीद्धारा उपलव्ध भएको खाद्य तथा पढाइ सहयोग सामाग्री वितरण कार्यक्रममा आश्रमका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

















































। २५ मंसिर २०७८, शनिबार