बारेकोटमा कतै फोरजी, कतै फोन गर्न डाँडाडाँडा धाउनुपर्ने बाध्यता


भुपेन्द्र नेपाली
खलंगा । जिल्लाको बारेकोट गाउँपालिका ७ सुवाकोटका टेकबहादुर नेपाली नेपाल टेलिकमको फोरजी सेवा सुचारु भएको कुरासंगै निकै खुशी भएका थिए । तर मोवाईलमा फोरजी चल्नुको कुरा त पर फोन सम्पर्कका गर्न नपाउँदा उनी सारै चिन्तीत छन् ।

उनी मात्र नभई फोरजी सेवा सुचारुको खबरले बारेकोटका सबै स्थानीयहरु खुशी भएका थिए । फोरजी सेवा सुचारुको खबर आएसंगै बारेकोटका सबै स्थानीयहरुले आफ्नो मोवाईल फोनमा नेटवर्क हेरिरहेका थिए । वडा नं.३ को वडा कार्यालय लगायत मुल्साम, पछेउरीका स्थानीयहरुले नेटवर्क देख्न पाएनन् । यस्तै वडा नं. ५ घाट बजार, काउली वडा नं. ६ कार्कीज्युला, ताँसी, धुम वडा नं.७ स्याँला, सुवाकोट, लुहाग, वडा नं. ८ सेपुखोला बजार, वडा नं. ९ सक्ला लगायतका केही स्थानहरुमा अझै पनि फोन गर्नका लागि पनि नेटर्वकले काम गर्दैन ।

आपतविपद् परेको वेलामा फोन सम्पर्क गर्नका लागि नेटवर्क खोज्दै डाँडाडाँडा घुम्नुपर्ने बाध्यता रहेको छ । यता गाउँपालिकाको पहलमा फोरजी सेवाको सुचारु भएका वडाहरुमा पनि सबैखाले मोवाईल फोनहरुमा नेटवर्कले काम नगरेको बारेकोट २ स्थानीय भीमबहादुर नेपालीले बताए । उनका अनुसार स्थानीय सरकारबाट जनताले गरेको आशा विश्वास पुरा हुन सकेको छैन् ।

फोन गर्नका लागि सबै ठाउँका स्थानीयहरुले डाँडाकाँडा खोज्नुपर्ने बाध्यता थियो तर नेपाल टेलिकमको नमस्तेका नेटवर्क जडान गरिसकेका पछि केही ठाँउका स्थानीयहरुलाई टेलिफोन सम्पर्कका लागि सहज भएको छ । फोरजी सेवा सुचारुले पनि केहि ठाँउका स्थानीयहरु भरपर्दो सेवा लिईरहेका छन् । कुनाकन्दरा भएको स्थानीयहरुले यो नेपाल टेलिकमको फोन सेवा पनि लिन नपाएको स्थानीयहरुको गुनासो छ ।

स्थानीय सरकारले गरेको यो पहल कदम प्रति बारेकोटी जनता खुशी ब्यक्त गरेका छन् । सरकारले के स्थानमा मात्र नभई बारेकोटको कुुनाकन्दरामा पनि भरपर्दो फोन सेवाको व्यवस्था गर्न स्थानीयहरुले विभिन्न माध्यमबाट सल्लाह व्यक्त गरेको छन् । बाल बालिका युवा युवती, बृद्धाबृद्धि सबैको आवाज भनेको अब बारेकोटका कुनाकन्दरामा पनि भरपर्दो फोन सेवाको अवश्यकता छ । सरकाले यो बिषयमा तत्कालै पहल गर्नुपर्छ । यस विषयमा बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई फोन गर्दा उठेन् ।

तपाईको प्रतिक्रिया